• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली, मुगुमा असारभित्र पुर्याउने तयारी

by
१८ बैशाख २०८०,
0
विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सबै जिल्ला र गाउँमा बिजुली पुर्याउने सरकारको योजना क्रमशः पूरा हुने क्रममा छ। यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली ९ग्रिड० मा जोडिएको छ।

नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण गरी विद्युत् पुर्याएको हो।

प्राधिकरणले उक्त प्रसारण लाइनको परीक्षण गरी बिहीबारदेखि सदरमुकाम दुनैलगायत क्षेत्रमा विद्युत् दिन सुरु गरेको छ। योसँगै कर्णाली प्रदेशका दसमध्ये आठ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन्। अब हुम्ला र मुगुमा विद्युत् पुग्न बाँकी छ। मुगुमा आगामी असारभित्रमा ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशका जिल्लामा विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको जानकारी दिए। ुडोल्पामा राष्ट्रिय ग्रिड पुगेको छ, मुगुमा असारभित्रमा पुग्ने छ, हुम्लाका लागि बोलपत्रको प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनोट भइसकेको छ, अब छिट्टै काम सुरु हुने छु, उनले भने।

डोल्पा सदरमुकाम र त्यस आसपासका क्षेत्रमा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति हुँदै आएकामा अब राष्ट्रिय ग्रिडमार्फत वितरण हुनेछ, साथै जिल्लाभर विद्युत् सेवा विस्तारका लागि विद्युतीकरणको काम भइरहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

प्राधिकरणले सदरमुकाम दुनैस्थित ठूलीभेरी नगरपालिकामा र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रमा २०० किलोवाट जडित क्षमताको जैरीगाड साना जलविद्युत्गृहमार्फत विद्युत् आपूर्ति गरिरहेको छ। डोल्पामा प्राधिकरणका करिब एक हजार सात सय ग्राहक रहेका अन्य क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति भइरहेको छ।

प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक ९एआइआइबी० र युरोपेली लगानी बैक ९इआइबी०बाट करिब २२ करोड अमेरिकी डलर ९करिब रु २८ अर्ब० सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरण गरिरहेको छ। सरकारको लगानी र प्राधिकरण आफैँले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युत्को पहुँच विस्तारमा खर्च गरिरहेको कार्यकारी निर्देशक घिसिङले बताए।

डोल्पाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन जाजरकोटको भेरी नगरपालिकास्थित कुदु सबस्टेसनबाट सोही जिल्लाको नलगाड नगरपालिकाको चौखाबजार हुँदै डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ।

ठेकेदारले काम नगरेपछि उक्त ठेक्का रद्द गरी अहिले नयाँ ठेक्का सम्झौता गरी लाइन निर्माण भइरहेको प्राधिकरणका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए। चौखा र त्रिपुराकोटमा ३३र११ केभीका सबस्टेसन निर्माण हुनेछन्। लाइन र सबस्टेसन निर्माण करिब डेढ वर्षभित्रमा सम्पन्न हुने प्रमुख यादवले उल्लेख गरे।

Previous Post

‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ गीतकार खरेललाई

Next Post

श्रम बजारअनुसार श्रमिकको ‘ब्राण्डिङ’ गरिनेछ : मन्त्री भण्डारी

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

३ भदौ २०८३,
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

३ भदौ २०८३,
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
आवाज

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

३ भदौ २०८३,
काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य
समाचार

काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

३ भदौ २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

३ भदौ २०८३,
पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द
फिचर-ब्यानर

पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

३ भदौ २०८३,
Load More
Next Post
श्रम बजारअनुसार श्रमिकको ‘ब्राण्डिङ’ गरिनेछ : मन्त्री भण्डारी

श्रम बजारअनुसार श्रमिकको ‘ब्राण्डिङ’ गरिनेछ : मन्त्री भण्डारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In