• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढुक्क हुनुस्, देश बनाउँछौँ: महामन्त्री शाह

    ढुक्क हुनुस्, देश बनाउँछौँ: महामन्त्री शाह

    गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

    गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    बजेटको प्रभाव सुन बजारमा, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखराका होटल पाहुनाले भरिभराउ

    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुने

by
१४ बैशाख २०८०,
0
‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुने भएको छ। ‘सबैका लागि मानवअधिकार उत्सव’ नारासँगै १२औँ संस्करणको महोत्सव वैशाख १५ गतेदेखि सुरु हुने भएको हो।

महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा वैशाख १५ देखि १७ गतेसम्म चल्नेछ। दोस्रो चरण फेस्टिभल वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ भने तेस्रो तथा अन्तिम चरण काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ गतेसम्म हुनेछ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष पुगेको र आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने उद्देश्य रहेको नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले भनिन्। महोत्सवमा युरोपका निर्देशकहरूको आठसहित नेपाली निर्देशकहरुले निर्माण गरेका छोटा चलचित्र प्रदर्शन गरिनेछन्।

सुदूरपश्चिम, मध्यपश्चिम र काठमाडौँ तीनवटै ठाउँहरूमा महोत्सवको सुरुआत यामी रामेजनद्वारा निर्देशित ‘एनी डे नाउ’ चलचित्रको प्रदर्शनीबाट हुनेछ। महोत्सवमा अरस टी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली ९अष्ट्रिया०, एन्ड्री बाग्नेको रमोना ९स्पेन०, दोनातो रोतुनको इयो स्टबने ९लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली०, जहाजी सन्जभीको इमादज चाइल्डहुड ९स्विडेन, लाटभिया, इराक०, इग्नस जोनासको निर्देशनमा बनेको इनभिजिबल ९लिथुआनिया, लाटभीया, युक्रेन, स्पेन०, डेभिड फ्रेनको डेटिङ अम्बर ९आयरल्यान्ड, युके० र डेभिड फ्रेनले निर्देशन गरेको मित्र ९नेदरल्यान्डस० प्रदर्शन हुँदैछन्।

महोत्सवमा नेपालीतर्फ अङ्कित खड्कीको निर्देशन रहेको ‘आई वान्टेड टू बी लाइक माधुरी दीक्षित’, विशाल रोक्का मगरको निर्देशन निर्देशन रहेको ‘गोर्खा गर्ल र ग्रिष्म गिरीको ब्लुज अफ पिक’, मिन्शो लिम्बूको ‘जुनको’, सुनिल पाण्डेको ‘बागथान’, पुनम पौडेलको ‘लिभिङ विथ डिग्निटी’, दीपक रौनियारको ‘फोर नाइटस्’ र दीपा श्रेष्ठको ‘डिफिटिङ क्लाउडस्’ प्रदर्शन गरिनेछ।

महोत्सवमा ‘मानवअधिकार प्रवर्द्धनमा चलचित्रको भूमिका’ विषयमा छलफलसमेत हुनेछ। युरोपबाट चलचित्रकै विषयमा लेख्दै आएका स्टनिस्ल्यास इडे, नेपालबाट चलचित्र निर्माता तथा निर्देशक अरुण डेओ जोशी र डा सचिन घिमिरे पनि सहभागी हुनेछन्।

यस संस्करणमा सद्भावनादूतका रूपमा अभिनेत्री मिरूना मगर नियुक्त भएकी छन्। विगत ११ वर्षदेखि द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालले महोत्सव गर्दै आएको छ।

Previous Post

सुडानमा हिंसा जारी, पाँच दिनमा दश हजारभन्दा बढी मानिस इजिप्ट प्रवेश

Next Post

मेची पारिको विद्यालय बन्द हुँदा ‘

सम्बन्धित खबर

ढुक्क हुनुस्, देश बनाउँछौँ: महामन्त्री शाह
समाचार

ढुक्क हुनुस्, देश बनाउँछौँ: महामन्त्री शाह

१७ जेष्ठ २०८३,
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
फिचर-ब्यानर

गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

१७ जेष्ठ २०८३,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
आर्थिक

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

१७ जेष्ठ २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
फिचर-ब्यानर

बजेटको प्रभाव सुन बजारमा, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

१७ जेष्ठ २०८३,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखराका होटल पाहुनाले भरिभराउ

१७ जेष्ठ २०८३,
पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो
फिचर-ब्यानर

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

१७ जेष्ठ २०८३,
Load More
Next Post
मेची पारिको विद्यालय बन्द हुँदा ‘

मेची पारिको विद्यालय बन्द हुँदा ‘

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In