• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चार वर्षदेखि रोकियो वाग्मती तीर्थयात्रा

by
१३ बैशाख २०८०,
0
चार वर्षदेखि रोकियो वाग्मती तीर्थयात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोतका रुपमा रहेको वाग्मती नदीको महत्व जनमानसमा उजागर गर्दै यसको पवित्रताका बारेमा चेतना जगाउन प्राचीनकालदेखि हुँदै आएको वाग्मती तीर्थयात्रा चार वर्षदेखि हुन सकेको छैन ।

प्रत्येक वर्ष वैशाख शुक्ल पक्षमा गरिने वाग्मती तीर्थयात्रा यसवर्ष पनि नहुने भएको हो । विसं २०७७र२०७८ मा कोरोना सङ्क्रमण तीव्र भएकाले यात्रा स्थगित गरिएको थियो । गत वर्ष २०७९ सालमा पनि तीर्थ गुरु बिरामी भएको भन्दलै वाग्मती तीर्थ यात्रा स्थागित गरिएको थियो ।

प्रत्येक वर्ष वैशाख शुक्लपक्षमा गरिने यो यात्रा तीर्थ गुरुका रुपमा रहेका आगमघरका भट्टको स्वास्थ्य अवस्था बिग्रिएकाले गरिएको थिएन । पशुपति क्षेत्र विकास कोषले गतवर्ष पनि उनको स्वास्थ्य अवस्था सुध्रिएमा जात्रा चलाउन सकिने जनाएको थियो । गतवर्ष वैशाख शुक्ल पक्षभर उनको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेकाले जात्रा हुन नसकेको हो ।

यसवर्ष पनि उनको स्वास्थ्य अवस्था नसुध्रिएकाले जात्रा गर्न नसकिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए। तीर्थयात्राको नेतृत्व गर्नुहुने पशुपतिनाथको आगमघरका भट्ट मदन भट्ट गत वर्षदेखि नै बिरामी भएको कोषले जनाएको छ । यात्राका क्रममा मसान सिद्धिको दीक्षा अरुलाई नदिइएकाले यसवर्ष पनि यात्रा स्थागित गर्नुपरेको कोषका कर्मचारीसमेत रही हाल पशुपति क्षेत्रका जात्राका बारेमा विद्यावारिधि शोध गरिरहेका वरुण खतिवडाले जानकारी दिए ।

आगमघरका पूजारी मदन भट्टले छोरा महेश भट्टलाई अरु दीक्षा दिनुभए पनि मसान सिद्धिको दीक्षा दिन बाँकी रहेको जनाइएको छ । ‘ने’ मुनिले सुरु गरेको विश्वास गरिने वाग्मती तीर्थ यात्रा वाग्मती प्रदूषित हुन थालेपछि विसं २०३५ देखि २०७४ सम्म बन्द भएको थियो । कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकालको विशेष पहलमा विसं २०७५ देखि तीर्थ यात्रा पुनः सुरु भएको हो । करिब ४० वर्षपछि २०७५ सालमा सुरु भएर दुईवर्ष चलेको वाग्मती तीर्थयात्रा नभएको चार भइसकेको छ ।

तीर्थ यात्राका क्रममा कटुवालदहबाट वाग्द्वारसम्मका १६७ तीर्थस्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, वाग्मती माहात्म्य वाचनलगायत कर्म गरिन्छ । यस्तो यात्राले वाग्मतीको शुद्धीकरणका लागि पनि सहयोग गर्ने विश्वास गरिन्छ । ४० वर्षपछि यात्रा सुरु गर्दा नदीलाई सफा बनाउन जागरण फैल्याउने उद्देश्यसमेत राखिएको थियो । मसान सिद्धिको दीक्षा अरुलाई नदिएकाले अहिले यात्रा गर्न नसकिएको कोष सञ्चालक परिषद्का सदस्य एवं धार्मिक कार्यक्रम जात्रा, पर्व मेला एवम् स्थानीय सरोकार अनुगमन उपसमितिका संयोजक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला बताए । अर्को वर्षका लागि भने दीक्षालगायत प्राविधिक समस्या नआउने गरी अहिलेदेखि नै तयारी गरिने प्रतिबद्धता पनि उनले जनाए ।

कोष अन्तर्गतका रैरकमीको पदपूर्ति गर्नुपर्ने कारणले पनि वाग्मती तीर्थयात्रा रोकिएको जनाइएको छ । कोषमा हाल २० जना रैरकमीको पदपूर्ति गर्नुपर्ने छ । यसका लागि परिषद् सदस्य बाँस्तोलाको संयोजकत्वमा समिति गठन भई काम भइरहेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष रहेको कोष सञ्चालक परिषद्को आगामी बैठकले यससम्बन्धी निर्णय गर्ने अपेक्षा गरिएको छ ।

पशुपति क्षेत्रमा सनातनदेखि सञ्चालन हुँदै आएका केही जात्रा, पर्व एवं धार्मिक कृत्य बन्द भएकामा त्यसको पुनःस्थापनाका लागि पनि संस्कृति संरक्षण महाशाखाले काम गर्ने जानकारी गराइएको छ । कोषको पहलमा विसं २०५८ देखि हुननसकेको वनकाली यात्रा यसवर्ष भएको छ ।

वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन वनकालीयात्रा सम्पन्न गरिएको अनुसन्धाता खतिवडाले बताए । खतिवडाले विसं २०७५ र २०७६ मा वाग्मती तीर्थयात्राको कर्ताको भूमिका निर्वाह गरेका थिए । खतिवडा पनि हाल बाबुको बरखीका कारण यात्रामा निस्कन नसक्ने अवस्थामा रहेको जनाइएको छ । काठमाडौँ उपत्यकाभित्रका वाग्मती किनारका सबै तीर्थमा पैदल हिँडेर गरिने यो तीर्थ यात्राको मौलिकता हराउनु नहुने भन्दै संस्कृतिप्रेमीले माग गर्दै आएका छन् ।

Previous Post

पहिचान बन्दै सिस्नो, बाँको र आलु

Next Post

माओवादीले मुख्यमन्त्री मागेपछि गण्डकीमा सरकार गठनमा किचलो

सम्बन्धित खबर

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

९ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

९ असार २०८३,
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
आवाज

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

९ असार २०८३,
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
आर्थिक

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

९ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
Load More
Next Post
माओवादीले मुख्यमन्त्री मागेपछि गण्डकीमा सरकार गठनमा किचलो

माओवादीले मुख्यमन्त्री मागेपछि गण्डकीमा सरकार गठनमा किचलो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In