• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

घट्टकै भरमा चल्दछ दैनिकी

by
१२ बैशाख २०८०,
0
घट्टकै भरमा चल्दछ दैनिकी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन् । तर, गुल्मीका दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ ।

जिल्लाको मालिका गाउँपालिकाका केही स्थानमा पानी घट्टको प्रयोगबाट अझै पनि कुटानी–पिसानी हुने गरेको छ । एकातिर यसले परम्परागत प्रविधि जोगाएको आभास हुन्छ भने अर्कोतिर दुर्गम बस्तीका नागरिकले झेल्नुपर्ने समस्या प्रस्ट हुन्छ ।

मालिकाको ह्वाङ्दी क्षेत्रमा हालसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्न सकेको छैन । एकझर पानी परे ह्वाङ्दीको सम्बन्ध जिल्ला सदरमुकाम तम्घास मात्र नभई गाउँपालिकाको केन्द्र अर्खबाङ्गसँग पनि टुट्छ । यस क्षेत्रका नागरिक हालसम्म पनि बिजुली र बाटोको सहज पहुँचबाट बञ्चित छन् । तर, लोप हुँदै गएको पानी घट्टको प्रयोगलाई भने स्थानीयवासी गर्व गर्दछन् ।

स्थानीय पानी घट्ट सञ्चालक धनवीर घर्तीले बाबुबाजेकै पुस्तादेखि सञ्चालनमा रहेको घट्ट हालसम्म यथावत् रहेको बताए । “पानी घट्टमा पिसेको अन्नपात मिलमा भन्दा गुणस्तरीय हुन्छ”, उनले भने , “यहाँका सबैले घट्टमै पिसेको अन्नपात खान्छौँ ।” पछिल्लो पुस्तामा हराउँदै जाने चिन्ता रहेको उनले बताए ।

स्थानीयवासी उपभोक्ता यमबहादुर विकले पानी घट्ट गरिबीको सारथी बनेको बताए । कम मूल्यमा अन्नपातको कुटानी–पिसानी गरेर प्रयोग गर्न सकिने भएकाले घट्ट अत्यन्तै उपयोगी हुने गरेको उनी बताए । “हामीले पुराना प्रविधिलाई जोगाएका छौँ”, उनी भन्छन , “हामी आफैँले बनाएका घट्ट हाम्रा लागि सबैथोक हुन् ।” उनले आफूहरूकै सीपबाट घट्ट बनाएको बताए । आगामी दिनमा यसलाई सुधारिएको घट्टका रुपमा विकसित गर्नुपर्ने विकले बताएका छन ।

मालिकाको यस क्षेत्रमा घट्टकै भरमा दैनिकी चलिरहेको छ । यहाँ खेतीकिसानी गरेर पानी घट्टकै भरमा दैनिकी क्रियाकलाप चलिरहेका छन् । यहाँका स्थानीयवासी पानी घट्टमा पिसेको अन्नपात गुणस्तरीय, लामो समयसम्म टिक्ने, खानामा मीठो र कुटानी–पिसानीका लागि सस्तो हुने बताए ।

स्थानीय उपभोक्ता ८४ वर्षीया दिलमाया घर्तिमगर आफूले स्मरण गर्ने दिनदेखि नै पानी घट्ट लोकप्रिय भएको बताईन । उनले आफूहरूभन्दा अघिल्ला पुस्ताले नै पानी घट्टको भरमा दैनिकी चलाएको स्मरण गरिन । “पानी घट्टबाहेक अरूमा पिसेको अन्नपात कहिल्यै प्रयोग गरिन्”, उनी भनिन , “हाम्रो गाउँमा घट्टबाटै दैनिकी चलेको छ ।” उनी उपभोक्ताले निकै सस्तो कुटानी–पिसानी गर्न पाएका छन ।

अर्का स्थानीय उपभोक्ता ७७ वर्षीया देउमती घर्तीले पानी घट्ट सस्तो, अन्न ढिलोसम्म टिक्ने र स्वादिष्ट हुने बताईन । अनेत्र बिजुली र बाटो पुगेर विकास भएपछि पानी घट्ट हराएको उनले स्मरण गराईन । “विकास भएपछि पुराना प्रविधि हराउँदै जाने रहेछन्”, उनले भनिन , “यहाँ विकट भएर घट्ट रहे पनि पछिसम्म टिकाउनुपर्छ ।”

ह्वाङ्दी क्षेत्रका स्थानीवासी पानी घट्टमा अन्नपात कुटानी–पिसानी गर्दा सस्तो र स्वादिष्ट हुने बताए । बिजुलीबाट चल्ने मिलको तुलनामा आधाभन्दा बढी सस्तो मूल्यमा पानी घट्टमा कुटानी–पिसानी हुन्छ । साथै पानी घट्टमा पिसेको अन्नपात वर्ष दिनसम्म राख्दा पनि स्वादिष्ट हुने गर्दछ ।

स्थानीय उपभोक्ता टोपबहादुर घर्तीले घट्टमा पिसेका मकै, कोदो र गहुँ लामो समयसम्म राख्दा पनि निकै स्वादिष्ट हुने बताए। “घट्टमा पिस्दा निकै सस्तो र स्वादिष्ट हुन्छ”, उनले भने , “आधुनिक प्रविधिभन्दा आफैँले बनाएको घट्ट लाभदायी हुनेगर्दछ ।” उनले घट्टमा पिसेको पीठो खाना निकै मीठो हुने बताए ।

अर्का स्थानीय विष्णुबहादुर घर्तीले पनि पानी घट्टमा पिसेको अन्नपातलाई अहिलेका आधुनिक मिलसम्म तुलना गर्न नसकिने बताए । घट्टमा पिसेर लामो समय राख्दा पनि किराहरु नलाग्ने उनले बताए । “घट्टमा पिस्दा आर्थिक भार बढ्ने कुरा भएन”, उनले भने , “स्वास्थ्यका लागि पनि अन्नपात निकै लाभदायक हुन्छ ।” उनले सकेसम्म घट्टमा पिसेको अन्नपात प्रयोग गर्नु राम्रो हुने बताए ।

स्थानीय घट्ट सञ्चालक सुन्तले विकले खोला सुक्दै गएकाले घट्ट चल्न समस्या भएको गुनासो गरे । “पानी सुक्दै गएपछि घट्ट चलाउन समस्या भइरहेको छ”, उनले भने , “वर्षायामको समयमा मात्र चलाउँदै आएका छौँ ।” पानी घटेपछि हिउँदमा घट्ट चलाउन नसकिएको उनले बताए । तुलानात्मक रुपमा हेर्दा पानी घट्टमा पिसेको खाना राम्रो हुने भए पनि पानी अभावले समस्या बल्झिँदै गएको छ ।

स्थानीय उपभोक्ता रेखा खड्काले पानी घट्टलाई पछिल्लो पछिल्लो पुस्तासम्म निरन्तर टिकाइराख्न आवश्यक रहेको बताईन । तर, दिगो सञ्चालनका लागि कसैले ध्यान नदिँदा पानी घट्ट विस्थापित हुने चिन्तामा खड्का छिन । “बिजुली मिलमा महँगो पर्छ र अन्न छिट्टै बिग्रन्छ”, उनी भन्छिन , “पानी अभावले घट्ट हराउने चिन्ता हामीमा छ ।” पानीका मुहान सुक्दै गएकाले अन्य मूलको पानी मिसावट गरेमा मात्र घट्ट निरन्तर चल्ने सक्ने उनको भनाइ छ ।

मालिकाको यस क्षेत्रमा बिजुली नपुग्दा समस्या छ । बिजुली आएपछि विकासका आयाम फेरिने आशामा स्थानीयवासी छन । तर, बिजुली नआउँदा अन्य प्रविधि भित्र्याउन नसकेपछि पानी घट्टको बाध्यता कायम रहेको हो । बिजुली नआउँदा आफूहरू अन्धकारमा बस्नुपरेको स्थानीय पुतली विकले बताईन । “बिजुली नहुँदा अन्य विकास पनि भएन”, उनी भन्छिन, “पानी घट्ट राम्रो हो तर हाम्रो बाध्यता पनि हो ।” उनले पानी घट्टलाई जोगाइराखेर अरू विकास हुन जरुरी रहेको बताईन।

अर्का स्थानीय मुगा विकले पनि दलित र जनजाति बस्ती भएकाले पछाडि परेको बताए । आफूहरूलाई खानेपानीको समेत अभाव भएको उनले गुनासो गरे । पानी घट्ट सञ्चालन गर्नु बाध्यता भएको भन्दै उनले सहज बिजुली र बाटोको पहुँच हुनुपर्ने बताए । विकास भएपछि व्यवस्थित तरिकाले पानी घट्ट चलाउने उनको भनाइ छ ।

स्थानीय घट्ट सञ्चालकले पानी घट्टको संरचना सुधारको माग गरेका छन । सञ्चालक धनवीर घर्तिमगर, टोपबहादुर घर्तिमगर र सुन्तले विकले घट्टको संरचना सुधार गर्नुपर्ने माग गरे । “खरको छानामुनि निकै जीर्ण संरचनामा घट्ट सञ्चालन छ”, उनीहरु भन्छिन , “यसको सुधार हामीलाई आवश्यक छ ।” उनीहरुले संरचना सुधार भएमा सहजता हुने बताए।

मालिकाको ह्वाङ्दी क्षेत्रका एक सय १० घरधुरीका एक हजार सात सय परिवार सदस्य पानी घट्टको भरमा छन् । यस वडामा अहिले पनि छवटा पानी घट्ट सञ्चालनमा छन् । विकासका अन्य आयाममा परिर्वतन नहुँदा पानी घट्टको प्रयोग कायमै छ । यहाँ नागरिक मुख्यगरी बिजुली, सडक र पानीको अभावमा बल्झिरहेका छन् । यसमा हालसम्म स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन ।

मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले पानी घट्टलाई पछिल्लो पुस्तासम्म देखाइराख्नुपर्ने बताए । उनले गाउँपालिकाका अन्य वडामा पनि पानी घट्टका लागि बजेट विनियोजन गरेर व्यवस्थित गरिने बताए । “दुर्गम बस्तीमा विकासका पूर्वाधार पु¥याउन हामी लागिरहेका छौँ”, उनले भने , “विकासका साथसाथै परम्परागत पानी घट्टलाई पनि टिकाउँछौँ ।” अघिल्ला पुस्तादेखि सञ्चालनमा रहिआएका पानी घट्टलाई सङ्ग्रहालयका रुपमा राखेर भए पनि पछिल्ला पुस्तालाई देखाउने अध्यक्ष अर्यालको भनाइ रहेको छ ।

Previous Post

बर्दिया निकुञ्जमा पर्यटकको चलपहल बढ्दै

Next Post

पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु

पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In