• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नुवाकोटका धार्मिक तथा पुरातात्विक संरचना पुनःनिर्माणमा अन्योल

by
१२ बैशाख २०८०,
0
नुवाकोटका धार्मिक तथा पुरातात्विक संरचना पुनःनिर्माणमा अन्योल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिशूली । आठ वर्षअघिको भूकम्पका कारण क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहितका साँस्कृतिक तथा पुरातात्विक संरचनाको पुनः निर्माण अझै अन्योल अवस्थामा छ ।

भूकम्पले क्षति पुर्याएको नुवाकोटको साततले दरबारसहित दरबार क्षेत्रमा रहेका विभिन्न आठवटा ऐतिहासिक संरचना, तुलजा भवानीको मन्दिर ९दरबार०सहित नुवाकोटका गुम्बाको पुनःनिर्माण अझै हुन सकेको छैन ।

साततले दरबारसहित आसपासका धार्मिक तथा सांस्कृतिक संरचनाको पुनःनिर्माण चीन सरकारमार्फत पुनःनिर्माण गर्ने सम्झौता भए पनि हालसम्म काम सुरु नभएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालले बताए ।

उनको अनुसार पुनःनिर्माणको जिम्मेवारी लिएको चिनियाँ पक्षले काम गर्ने भन्दै केही प्राविधिक कार्यक्षेत्रमा खटिए पनि काम सुरु हुन बाँकी छ ।

“चीन सरकारले जिम्मेवारी लिएको उक्त दरबारसहित आसपासका विभिन्न थप सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले पटक–पटक प्राविधिक अध्ययन गरे पनि थप क्षति हुनबाट जोगाउन टेको लगाउने बाहेकको काम भएको छैन”, उनले भने ।

उनका अनुसार सम्झौता अवधि पूरा भएर थप गर्ने प्रक्रिया भइरहेको छ । भूकम्पले क्षति पुर्याएका संरचना पुनःनिर्माणमा सहयोग पुर्याउने कार्यक्रम अन्तर्गत नेपाल र चीन सरकारबीच दरबारसहित यहाँका थप सात धार्मिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका संरचनाको पुनःनिर्माण गर्ने समझदारी विसं २०७६ जेठमा भएको थियो ।

सोहीअनुसार पुरातत्व विभाग र ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिनाभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

“विसं २०७६ साउनमा पहिलो पटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले साततले दरबार र तुलजा ९तलेजु० भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर नयाँ वर्षपछि ९सन् २०२०० फर्किने भनेर गएका थिए”, उनले भने, “चिनियाँ कम्पनीका प्राविधिक स्वदेश फर्केलगत्तै सुरु भएको कोरोना रोगको जोखिमले रोकिएको पुनःनिर्माण अघि बढाउन प्राविधिक अध्ययनको टोली दरबार क्षेत्रमा आए पनि काम सुरु हुन बाँकी छ ।”

चिनियाँ प्राविधिक टोलीले साततले दरबारसहित वरिपरिका पुरातात्विक महत्वका दरबार र मठमन्दिरको पहिलो चरणको सर्वेक्षण सम्झौता लगत्तै गरेपनि पुनः गत असोज पहिलो सातादेखि एक महिना लगाएर दोस्रो चरणको सर्भे गरेको हो । उक्त सर्भेको नतिजा के भयो सार्वजनिक गरिएको छैन ।

सोही प्रतिवेदको आधारमा नयाँ निर्माण गर्ने कि अहिलेकोलाई नै प्रवलिकरण गर्ने निष्कर्ष निकाल्ने प्राविधिकहरुले जानकारी दिएका छन् । तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विसं १८०१ मा विजय हासिल गरेपश्चात साततले दरबारको निर्माण गर्न लगाएको पाइन्छ ।

नेपालमा गणतन्त्र स्थापना भएसँगै सात तले दरबारलाई ‘नुवाकोट दरबार सङ्ग्रहालय’मा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो ।

उक्त दरबारभित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण शाह र रानीका प्रतिमालगायतका ऐतिहासिक संरचना राखिएको छ । खट र टेको लगाएर राखिएको दरबारभित्रै ती सामग्री सुरक्षित राखिएको हो । एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेपालको राजधानी नुवाकोट बनाएर यही दरबारबाट शासन सञ्चालन गरिएको भन्नेसमेत पाइन्छ ।

दरबार क्षेत्रका सम्पदाको पुनःनिर्माण अन्योल

नुवाकोटको साततले दरबारसहित उक्त क्षेत्रमा अवस्थित तुलजा ९तलेजु० भवानी मन्दिर ९दरबार० सहितको पुरातात्विक संरचनाको पुनःनिर्माण पनि अन्योल छ । तुलजा भवानीको मन्दिर लिच्छविकालीन मन्दिर भएको ‘नुवाकोट दरबार मौला अमाल’का प्रतिनिधि ९द्वारे० महेन्द्रकुमार शाहीका अनुसार दरबारबाहेक चिनियाँ पक्षले निर्माणको जिम्मेवारी लिएको दरबार क्षेत्रमा अवस्थित तुलाजा भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रङ्गमहल, विष्णु र नारायणको मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

दरबार क्षेत्रमा अवस्थित नेपालको प्रसिद्ध भैरवीदेवी मन्दिरसहित बूढीदेवी, गणेश र सरस्वतीको मन्दिर पुरातत्व विभागमार्फत पुरातात्विक मौलिकपन (पहिलाको जस्तै) कायम राखेर पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

गुम्बा तथा विहार पनि पुनःनिर्माण पर्खाइमा

भूकम्पले क्षतिग्रस्त नुवाकोटका अधिकांश गुम्बा तथा विहार ९चैत्य० पुनःनिर्माणको पखाईमा छन् । भूकम्पले क्षति पुराएका पुरातात्विक संरचना भनेर यकीन भएका एकसय नौ वटासहित एकसय ३१ वटा गुम्बा पुनःनिर्माणको पखाईमा रहेको ‘गुम्बा तथा विहार पुनःनिर्माण समिति’ नुवाकोटका सल्लाहकार होमबहादुर तामाङले बताए । उनको अनुसार पुनःनिर्माणका लागि समितिको पहलमा विभिन्न निकायबाट प्राप्त बजेटले केही गुम्बाको पुनःनिर्माण तथा मर्मतसम्भार भए पनि अधिकांश हालसम्म जीर्ण छन् ।

“प्रवलीकरणका लागि प्राप्त बजेट न्यून भएपछि कार्यान्वयन गराउन सकिएन”, समितिका सल्लाहकार तामाङले भने, “पुनःनिर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न लगाएर उपभोक्ताले लगानी गरेपनि पुनःनिर्माण तथा प्रवलीकरणको लागि सरकारी बजेट तथा प्राविधिक सहयोग प्राप्त भएन ।”

भूकम्पपछिको निजी आवास पुनःनिर्माणको लागि गठन भएको तत्कालीन जिल्ला आयोजना कार्यान्वयन एकाइले गुम्बा तथा चैत्यको विवरण सङ्कलन गर्ने, डिपिआरसहितको नापजाँच र सर्भे गर्न लगाएको थियो । तर, बजेट नदिएको भन्दै ‘गुम्बा तथा विहार पुनःनिर्माण सङ्घर्ष समिति’ गठन गरेर दबाब दिए पनि उक्त लक्ष्य पूरा हुन पाएन ।

Previous Post

‘फ्लाई दुवई’ का कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

Next Post

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

सम्बन्धित खबर

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ बैशाख २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

२७ बैशाख २०८३,
आइपीएल : गुजरातद्वारा राजस्थान पराजित
खेलमैदान

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

२७ बैशाख २०८३,
सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग
समाचार

सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
राजनीति

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

२७ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२७ बैशाख २०८३,
Load More
Next Post
वरिष्ठ नेता पौडेल भन्छन् : सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In