• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

युक्रेन युद्धपछि विश्वमा बढ्यो रक्षा खर्च

by
१२ बैशाख २०८०,
0
युक्रेनका खार्किभ र ओडेसामा रुसी आक्रमण तीव्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विश्वले सन् २०२२ मा रक्षा र हतियारमा २.२४ ट्रिलियन डलर खर्च गरेको छ । यो संसारमा सेनामा भएको सबैभन्दा बढी खर्च हो । स्वीडेनको स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको वार्षिक प्रतिवेदनमा विश्वभरका देशको रक्षा खर्चको यो जानकारी दिइएको हो ।

रिपोर्टका अनुसार रुस–युक्रेन युद्धका कारण यो खर्च बढेको हो । प्रतिवेदनमा युरोप महादेशमा मात्र युद्धका कारण प्रतिरक्षा खर्च एक वर्षमा १३ प्रतिशतले बढेको उल्लेख गरिएको छ । जुन पछिल्लो ३० वर्षयताकै उच्च हो ।

सिप्रीका वरिष्ठ अनुसन्धानकर्ता नान टियानले सेनामा यति ठुलो खर्चले हामी विश्वमा कति असुरक्षित छौं भन्ने बताएको टिप्पणी गरेका छन् । युद्धका कारण रुस वरपरका देशहरूले आफ्नो सुरक्षामा द्रुतगतिमा खर्च बढाएका छन् । फिनल्याण्डले सैन्य खर्च ३६ प्रतिशतले बढाएको छ भने लिथुआनियाको खर्च २७ प्रतिशतले बढेको छ । युक्रेनको सैन्य खर्च ६ प्रतिशतले बढे पनि युद्धको बीचमा ४४ बिलियनभन्दा बढी भइसकेको छ ।

ताइवान र दक्षिण चीन सागरलाई लिएर अमेरिकासँग चर्को विवादका बीच चीनले आफ्नो रक्षा बजेट ४।२ प्रतिशतले बढाएको छ । यसपछि चीन रक्षा बजेट खर्च गर्ने विश्वको दोस्रो ठूलो देश बनेको छ । चीनको बजेट भारतको भन्दा झण्डै ४ गुणा बढी भएको छ । भारतले सन् २०२२ मा आफ्नो रक्षामा ११ बिलियन डलर खर्च गरेको थियो भने चीनले २२४.८ बिलियन डलर खर्च गरेको थियो ।

प्रतिवेदनमा भनिएको छ कि मध्य र पश्चिमी यूरोपले शीतयुद्धकालको तुलनामा सन् १९८९ मा सेनामा बढी खर्च गरेको थियो । अर्कोतर्फ, सिप्रीका अनुसार अमेरिकाले रेकर्ड मुद्रास्फीति भए पनि आफ्नो रक्षा बजेट खर्च गरेको छ । जुन सम्पूर्ण विश्वको रक्षा बजेटको ३९ प्रतिशत हो । जबकि अमेरिकामा मुद्रास्फीति सन् १९८९ यताकै उच्च विन्दुमा छ ।

सिप्रीका प्रोफेसर नान टियानले यदि मुद्रास्फीति नबढेको भए अमेरिकाले आफ्नो रक्षामा बढी खर्च गर्ने गरेको बताए । टियानले युक्रेनको युद्ध पनि अमेरिकी रक्षा बजेटमा बृद्धि हुनुको कारण रहेको बताए । सन् २०२२ मा अमेरिकाले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउन ७५ बिलियन डलरभन्दा बढी खर्च गरेको छ ।

साउदी अरबले सन् २०२२ मा सैन्य खर्च १६ प्रतिशतले बढाएको छ। जुन सन् २०१८ यताकै उच्च हो । गत वर्ष साउदीले आफ्नो सुरक्षामा ६ लाख करोड खर्च गरेको थियो । योसँगै नेटो देशको रक्षा खर्चमा पनि ०.९ प्रतिशतले वृद्धि भएको छ ।

२०२२ मा नाटो देशहरूले आफ्नो सुरक्षामा १२३२ बिलियन डलर खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बेलायतले रेकर्ड मुद्रास्फीतिको बीचमा युक्रेनलाई सहयोग गर्न सैन्य खर्च पनि बढाएको छ । २०२२ मा त्यहाँ करिब ४६ बिलियन डलर खर्च भएको थियो ।

Previous Post

पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु

Next Post

विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ

सम्बन्धित खबर

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In