• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

by
१२ बैशाख २०८०,
0
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ) ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ ।

सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घको पत्रकार सम्मेलनमा सुडान सरकारको तथ्याङ्कअनुसार द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको र तीन हजार ५५१ जना घाइते भएको जानकारी दिए । देशको सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज ९आरएसएफ० बीच जारी भिडन्तको एक हिस्सा हो ।

उनले अप्रिल १५ यता १० सहित स्वास्थ्य संस्थामा ११ वटा आक्रमण भएको पुष्टि भएको बताए । “सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार काम गर्न छाडेका स्वास्थ्य संस्थाहरूको सङ्ख्या २० छ ।

साथै, स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार बन्द हुने जोखिममा रहेका स्वास्थ्य संस्थाहरूको सङ्ख्या १२ छ,” ह्यारिसलाई उद्धृत गर्दै अनादोलुले रिपोर्ट गरेको छ ।

“यसको अर्थ हेरचाहको आवश्यकता रहेका व्यक्तिले आवश्यक स्वास्थ्य सेवा पाउन पनि कठिन बनेको छ । पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता जेम्स एल्डरले भने,“यो लडाईंले बालबालिकामा विनाशकारी असर पारेको स्पष्ट छ । अहिले हामीसँग कम्तीमा नौ जना बालबालिकाको मृत्यु भएको र कम्तीमा ५० जना घाइते भएको समाचार प्राप्त भएको छ ।”

लडाइँ जारी रहँदा पिडित बालबालिकाको सङ्ख्या उल्लेख्यरूपमा बढ्ने देखिएको उनले बताए । एल्डरका अनुसार द्वन्द्वका कारण ठूलो सङ्ख्यामा मानिसहरु फसेका छन् र उनीहरुसँग विद्युतको पहुँच छैन । उनीहरूलाई खाना, पानी र औषधिको अभाव छ । उनले भने, “हाम्रो गम्भीर चिन्ताको विषय भनेको आक्रमणको चपेटामा परेका अस्पतालहरू हुन् ।”

एल्डरका अनुसार सुडानमा बालबालिकामा कुपोषणको दर विश्वमै सबैभन्दा बढी छ । “हाम्रो जानकारी अनुसार करिब ५० हजार बालबालिकाका लागि महत्वपूर्ण जीवन रक्षक सहयोग जोखिममा छ। यस लडाईंले सुडानमा निरन्तर चिसो तापक्रममा राख्नुपर्ने खोप तथा औषधीलाई पनि खतरामा पारेको छ,” उनले भने ।

सुडानमा यसका कारण चार करोड अमेरिकी डलर भन्दा बढीको खोप र इन्सुलिनलाई उचित तापक्रममा राख्न कठिन भएको छ ।

गत शनिबार सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच राजधानी खार्तूम र आसपासका क्षेत्रमा भिडन्त भएको थियो । सन् २०२१ को अक्टोबरमा सेनाले प्रधानमन्त्री अब्दल्ला हम्दोकको सङ्क्रमणकालीन सरकारलाई बर्खास्त गर्नुका साथै आपतकालीन अवस्थाको घोषणा गरेपछि सुडानमा सन् २०२१ को अक्टोबरदेखि सेनाको नियन्त्रणमा सत्ता चलेको छ ।

Previous Post

महात्मा गान्धीका केही अमर वाणीहरु

Next Post

ज्ञानः स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
आर्थिक

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

७ चैत्र २०८२,
पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का
फिचर-ब्यानर

पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

७ चैत्र २०८२,
परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
Load More
Next Post
ज्ञानः हामीले कसैसँग तर्क गर्दा बिर्सन नहुने कुराहरु के के हुन् ?

ज्ञानः स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In