प्रतिनिधि सभाको बजेट अधिवेशनमा एक जना माननीय सदस्यले सुझाव दिए— अब नयाँ कर लगाउने हो भने महिलाहरुको सौन्दर्यमा लगाइयोस् ।
तर के महिलाहरुले सजिलैसँग कर तिर्छन् त ? एउटाले शंका व्यक्त ग¥यो ।
अर्काेले भन्यो— होइन, उनीहरुमा अझ होड चल्नेछ । बरु जुन महिला जति सुन्दर हुन्छिन् उति नै बढी कर निर्नुपर्ने नियम बनाइयोस्, यसो भएमा ढुकुटीमा रुपैयाँको बाढी आउँछ ।
म हुँ
दुई जना अपरिचित व्यक्तिहरु कुरा गर्ने क्रममा)
पहिलोः तपाईं सातामा कतिपटक दाह्री खौरनुहुन्छ ?
दोस्रोः त्यस्तै दुई सय पटक जति ।
पहिलोः तपाईं बौलाउनु त भएन ? के काम गर्नुहुन्छ ?
दोस्रोः म हजाम हुँ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













