काठमाडौँ । अल नासर साउदी किङ कपबाट बाहिरिएको छ । गएराती सम्पन्न सेमिफाइनलको खेलमा अल वेहडासँग १-० गोल अन्तरले पराजित हुदै अल नासर किङ कपबाट बाहिरिएको हो ।
अल वेहडाको जितमा खेलको २३औं मिनेटमा जीन डेविड बीउगुएलले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा अल वेहडाका अब्दुल्ल्ह अल हाफिथले खेलको ५३औं मिनेटमा रातो कार्ड पाएपछि अल वेहडा १० खेलाडीमा सिमित भएको थियो ।
यस खेलमा पनि क्रिस्टियानो रोनाल्डो नेतृत्वको अल नासरले आफ्नो प्रभाव देखाउन सकेन र खेलमा हार बेहोरेको छ । अहिलेसम्म ६ पटक यो उपाधि जितेको अल नासरले सन् १९९० देखि यता किङ कप जित्न सकेको छैन ।
अब अल वेहडाले किङ कपको फाइनलमा अल हिलालको सामना गर्ने छ ।













