महात्मा गान्धी दण्डी यात्राको बेलामा एउटा स्थानमा केहीक्षण रोकिए । त्यसपछि गान्धी जान लागे तब एक अँग्रेज उनलाई भेट्नको लागि आए । ऊ गान्धीको प्रशंसक पनि थियो ।
उसले गान्धीलाई सम्बोधन गर्दै भने, हेलो मेरो नाम वाकर हो ।
महात्मा गान्धी त्यो वेला हतारमा थिए यसले उनले विनम्रताले भने, म पनि वाकर हुँ यति भन्दै उनी आफ्नो बाटो लागे ।
बाटोमा एउटा मानिसले उनलाई सोधे, यदि तपाईंले केही क्षण ऊसँग कुरा गर्नुभएको भए तपाईंको नाम अँग्रेजको पत्रिकामा छाप्थ्यो र तपाईंले धेरै सम्मान पनि पाउनु हुने थियो ।
उनले जवाफ दिए, म समयलाई सम्मानभन्दा श्रेष्ठ सम्झन्छु ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट












