• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपनिर्वाचनः बारा २ मा उपेन्द्र यादवलाई चुनाव जित्नु ‘फलामको च्यूरा’ सरह

by
५ बैशाख २०८०,
0
उपनिर्वाचनः बारा २ मा उपेन्द्र यादवलाई चुनाव जित्नु ‘फलामको च्यूरा’ सरह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – यतिबेला उपनिर्वाचनको माहोल छ । यही मेसोमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा २ मै केन्द्रित छन्। गाउँ–टोलमा चुनावी सभा गरिरहेका छन् भने घर घर धाइरहेका छन्।

तर जसपाको राम्रो संगठन रहेको बारा–२ मा सत्ता गठबन्धनका कांग्रेस, माओवादी लगायतको समर्थनमा निर्वाचन जितिने आकलनसहित चुनावमा होमिएका यादव अहिले अप्ठ्यारोमा छन्। उनलाई सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले आच्छु आच्छु पारेका छन्। चुनाव आउन एक साता बाँकी रहँदा निर्वाचनको दौडमा कुशवाहा नै केही अघि देखिएका छन्।

यति मात्र होइन ४ मंसिरको निर्वाचनमा बारा २ मा हालको सत्तारुढ गठबन्धनमा आवद्ध दलका उम्मेदवारले पाएको सबै मत उपेन्द्रलाई ‘ट्रान्सफर’ हुनेमा जसपाकै नेता कार्यकर्ता ढुक्क छैनन्।

४ मंसिरको निर्वाचनमा सप्तरी २ मा जस्तै बारा २ मा हुने उप निर्वाचनमा पनि उपेन्द्र यादवलाई जनमत पार्टीकै उम्मेदवारसँग बढी डर छ। बारा २ मा यतिबेला उपेन्द्रको मुख्य चुनौतीको रुपमा खडा भएका छन्– केही समयअघि मात्रै माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहा।

गएको ४ मंसिरको निर्वाचनमा कुशवाहा जसपाका रामसहाय प्रसाद यादव (हालका उपराष्ट्रपति) सँग झिनो मतान्तरले मात्रै पराजित बनेका थिए। त्यतिबेला यादव १३ हजार ८२२ मत प्राप्त गरेर विजयी हुँदा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए।

हालका उपराष्ट्रपतिसँग मंसिर ४ मा जम्मा ३५४ मतान्तरले मात्रै पराजित बनेका तिनै कुशवाहा यो उपनिर्वाचनमा उपेन्द्र यादवका सबैभन्दा बलिया प्रतिस्पर्धीको रुपमा खडा भएका छन्।

गैरयादव मोर्चा
चुनावमा यादवविरुद्ध गैरयादव समुदायबीच कार्यगत एकता हुन सक्ने सम्भावना पनि बलियो छ। यादवविरुद्ध गैरयादव समुदाय एक भए भने अघिल्लो निर्वाचनमा थोरै मतान्तरले पराजित बनेका शिवचन्द्र कुशवाहाको पक्षमा पल्ला भारी हुन सक्छ।

चुनाव प्रचारको क्रममा शिवचन्द्र कुशवाहासहितका उम्मेदवारले उपेन्द्रलाई बाहिरिया उम्मेदवार, सप्तरीमा हारेर यता आएको, १५ वर्षदेखि लगातार संसद र सरकारमा रहँदा पनि मधेशी जनताको पक्षमा सिन्को नभाँचेको जस्ता आरोप लगाउने गरेका छन्।

पार्टीको माथिल्लो निकायले उपेन्द्रलाई समर्थन गरे पनि माओवादीका कतिपय स्थानीय नेता कार्यकर्ता खुलेरै शिवचन्द्रको पक्षमा लागेका छन्।उनीहरु उपेन्द्रकै योजनामा गौर हत्याकाण्ड भएको भन्दै उनलाई मतदान गर्न नहुने अभियानसमेत चलाइरहेका छन्।

यादवले आफ्ना सबैभन्दा सशक्त प्रतिस्पर्धीको रुपमा हेरेका कुशवाहा आफूलाई बारा २ को धर्तीपुत्र भन्दै निर्वाचनमा होमिएका छन्। ०७४ को निर्वाचनमा हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव २८ हजार भन्दा धेरै मत ल्याएर जसपाबाट विजयी भएका थिए।

Previous Post

देशैभर तुवाँलोको साम्राज्य, रोकिएन आगलागी

Next Post

कति छ आज (मंगलबार) को विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस
आवाज

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

५ भदौ २०८३,
ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल
खेलमैदान

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

५ भदौ २०८३,
बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता
समाचार

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

५ भदौ २०८३,
बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
समाचार

बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

५ भदौ २०८३,
Load More
Next Post
कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

कति छ आज (मंगलबार) को विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In