धुर्मुसः बुवा एक गिलास पानी दिनु न ।
बुवाः धुर्मुसको अल्छिपनाबाट हैरान हुँदै ऊ त्यहाँ छ आफै गएर खा ।
धुर्मुसः प्लिज बुवा दिनु न ।
बुवाः रिसाउँदै, खुरुक्क आफै गएर खा, फेरि मागिस भने गाला फुट्ने गरी चट्काउँला नि फेरि ।
धुर्मुसः गाला चट्काउन आउँदा बुवा पानी लिएर आउनुस् ल !
विद्याका लागि
बेन्चमा टाउको अड्याएर सुतेको जिग्रीलाई गाली गर्दै शिक्षक —
शिक्षकः ओए गोरु तँ स्कुल किन आउँछस् हँ ?
जिग्रीः विद्याका लागि ।
शिक्षकः त्यसो भए किन सुतेको त ?
जिग्रीः आज विद्या आईन त्यही भएर अल्छि लाग्यो अनि सर ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट












