• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादीले

by
२ बैशाख २०८०,
0
सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादीले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र)ले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । यसका लागि एक कार्ययोजना नै बनाएर कार्यान्वयन सुरु गरिएको छ ।

सो कार्ययोजनाको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुआत गरेका छन् । प्रधानमन्त्री र सङ्घीय सरकारका मन्त्रीहरुले नियमित रुपमा नागरिकसँग अन्तरक्रिया गर्ने गरी कार्य व्यवस्थापन योजना लागू गरिएको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

सो पार्टीका तर्फबाट आज सार्वजनिक गरिएको सो योजनाअनुसार हरेक साताको शुक्रबार प्रधानमन्त्री प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ देखि साँझ छ बजेसम्म नागरिकसँग सरकारको काम कारबाहीलगायतका विषयमा छलफल तथा अन्तरक्रिया एवम् भेटघाट गर्नेछन्।

यस्तै, हरेक साताको आइतबार ४ देखि ५ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा पनि प्रधानमन्त्रीले भेटघाट गर्नेगरी कार्यतालिका तय गरिएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

माओवादी केन्द्रले तयार पारेको योजनाअनुसार सातै दिन मन्त्री, सल्लाहकार तथा विज्ञले भेटघाट तथा नागरिकको समस्या समाधान गर्नेगरी भेटघाटको समय तालिका निर्धारण गरिएको छ । माओवादी केन्द्रका महासचिव गुरुङले आज जारी गर्नुभएको परिपत्रअनुसार आइतबार ४ देखि छ बजेसम्म ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्बद्ध क्षेत्र तथा विषयसँग सम्बन्धित विषयमा भेटघाट गर्नेछन् । सर्वदलीय वा सर्वपक्षीय प्रतिनिधिमण्डलबाहेक सिंहदरबारमा कुनै पनि भेटघाट नगर्ने त्यसको सट्टामा पार्टी केन्द्रीय कार्यालयमा नै नागरिकसँग अन्तरक्रिया एवम् छलफल गर्ने व्यवस्था गरिएको छ ।

हरेक साताको सोमबार ४ देखि छ बजेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भेटघाट गर्नेछन् । यस्तै, हरेक साताको मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, बिहीबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई घण्टा नागरिकसँग भेटघाट गर्ने गरी कार्यतालिका तय गरिएको छ । शनिबार भने प्रधानमन्त्री, मन्त्रीका सल्लाहकार एवम् विज्ञले भेटवार्ता गर्ने गरी तय गरिएको छ ।

प्रधानमन्त्री, मन्त्री, सल्लाहकार र विज्ञले सातामा एक दिन दुई घण्टा पार्टी कार्यालयमा भेटघाट गर्ने, त्यसका लागि पार्टी कार्यालयबाट दुई र प्रधानमन्त्रीको सचिवालयबाट पनि दुईजना व्यवस्थापनका लागि खटिनेछन् ।

राज्यका कामलाई प्रभावकारी र परिणामुखी बनाउन कानुन निर्माण र कार्यान्वयनलाई अनिवार्य सर्त बनाइएको छ । विगतमा यस्ता कामलाई गम्भीरतापूर्वक नलिई अन्य कामलाई प्राथमिकता दिनाले संविधान कार्यान्वयनमा आवश्यकताअनुसार प्रतिफल दिन नसकिएको माओवादीको ठहर छ । विगतको कमजोरी सच्याउँदै पार्टीका विभागीय कामलाई समेत प्रभावकारी बनाउन लागिपर्ने माओवादीले उल्लेख गरेको छ । पार्टीका विभाग, जनवर्गीय सङ्गठन, मोर्चा, कानुन व्यवसायी, कर्मचारी र विज्ञसँग निरन्तर रुपमा छलफल गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

अनौपचारिक विज्ञ समूह आवश्यकताका आधारमा निर्माण गरी सुझाव लिने गरी कार्य व्यवस्थापन योजना तय गरिएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, परराष्ट्र, आर्थिक, अध्ययन अनुसन्धान र अनुगमनलगायतका समूह तय गरिनेछ । विज्ञ समूहको गठन गर्दा पार्टीको सम्बन्धित विभागबाट दुई, विषय विज्ञ एक, विषयसँग सम्बन्धित पूर्वमन्त्री तथा विगतमा राजनीतिक नियुक्ति लिएकाहरुबाट दुईजना रहनेछन् ।

नयाँ व्यवस्थाअनुसार पार्टी कार्यालयले नियमित रुपमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक नियुक्ति लिएकालाई जानकारी गराउनेछ । सबै काम कारबाहीको अनुगमनका लागि एक समिति बनाइनेछ ।

प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न आजै निर्देशन दिएका छन् । पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुबात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा उनले भने “सरकार र पार्टीको कामलाई योजनाबद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधिअनुसार आजदेखि भेटघाटको सुरुबात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।” उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताएका थिए ।

प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक नियुक्ति लिएकालाई पार्टीप्रति थप जिम्मेवार बनाउन, जनतासँग जोडिन र परिणाम निकाल्नका लागि यस खालको व्यवस्था गरिएको माओवादी केन्द्रले जनाएको छ । सरकार र पार्टीको कामलाई साथ साथै लैजान र नतिजा निकाल्नका लागि नयाँ योजना अगाडि सारिएको सो पार्टीले जनाएको छ ।

Previous Post

मौसम पूर्वनुमानः मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

Next Post

चुट्किलाः मलाई थाहा भैसक्यो

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः मलाई थाहा भैसक्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In