मुन्द्रे घरमा बत्ती बनाउँदै थियो । बत्ती बनाउने क्रममा श्रीमतीलाई बोलायो—
ओई बुढी यता आउ न ।
श्रीमतीः किन के काम प¥यो ?
मुन्द्रेः यहाँ बत्ती बनाउँदै छु । सहयोग गर न ।
श्रीमतीः (मुन्द्रको छेउमा आएर) ल भन्नुस् के गर्नुप-यो ।
मुन्द्रेः ल यो तार समात त ।
श्रीमतीः (मुन्द्रले दिएको तार समातेर) अब के गर्नुप-यो ?
मुन्द्रेः केही गर्नुपरेन । मलाई थाहा भैसक्यो करेन्ट कुन तारमा छ भनेर ।
१० किलो जोख
हरिबहादुरको फलफूल पसलबाट एक केजी आँप किनेर घर गएर हेर्दा एउटा आँपमा किरा भेटिएपछि धुर्मुस रिसले चुर हुँदै फर्किएर हरिबहादुरको पसलमा पुगेर भन्यो—
धुर्मुसः ओई हरिबहादुर ! कस्तो आँप भिडाएको ?
हरिबहादुरः किन के भयो ?
धुर्मुसः आँपबाट किरा निस्कियो ।
हरिबहादुरः अहिले किरो निस्क्यो । यदि तेो भाग्यमा रैछ भने आँपबाट कार पनि निस्किन सक्छ ।
धुर्मुसः त्यसो भए अझ १० किलो जोखीहाल त ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













