• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

    चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माधव नेपाललाई योगेश भट्टराईको प्रश्न( प्रतिपक्षमा रहेको एमालेले संसद विघटन कसरी गर्छ ?

by
२९ चैत्र २०७९,
0
माधव नेपाललाई योगेश भट्टराईको प्रश्न( प्रतिपक्षमा रहेको एमालेले संसद विघटन कसरी गर्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन्।

उनले अध्यक्ष नेपालको बोली शंकास्पद रहेको पनि बताए। उनले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होशमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्नसमेत गरे। सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि प्रश्न गरे।

उनले भने, ‘पूर्वप्रधानमन्त्री माधव नेपालले एमालेबाट संसद विघटन हुन लागेको छ खबरदार सबै सचेत हौँ भन्नुभएछ। मैले बुझेको माधव नेपाल कुनै नचाहिँदो चिज सेवन गर्नुहुन्न उहाँले। मद्यपान, धूमपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई। तर, आजको उहाँको बोली हेर्दा अलि शंकास्पद छ क्या।

उहाँले आफू दुरुस्त भएर त्यो बोलेको जस्तो लाग्दैन। जुन पार्टी प्रतिपक्षमा छ, त्यो पार्टीले कसरी संसद विघटन गर्छरु उहाँले के भन्दै हिँड्नुभएको छरु सपना देख्नुभएको छ किरु विपनामा हुनुहुन्छ किरु होशमा हुनुहुन्छ किरु हुनुहुन्न किरु उहाँजत्तिको १५ वर्ष एउटा ठूलो पार्टीको नेतृत्व गरेको मान्छेले, प्रधानमन्त्री भइसकेको मान्छेले, यति अनुभवी राजनीतिज्ञले त्यस्तो बोलेको देख्दा यो एक, डेढ वर्षमा उहाँ धेरै बदलिनु भएछ।’

उनले कांग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्न सक्ने कुरा अभिव्यक्त गरेकोमा कांग्रेस ब्युँझिएको टिप्पणी गरे। उनले कांग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भए पनि कांग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताए। उनले अहिले कांग्रेस आफ्नो हैसियतमा नरहेको बताए।

उनले भने, ‘कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउछौँ भनेर भन्ने कुरा कांग्रेस बल्ल ब्युँझेछ। यो त कांग्रेसको अधिकार हो नि। कांग्रेसले त आफ्नो संवैधानिक अधिकार नै प्रयोग गर्न नसक्ने गरी कांग्रेस थला बसेको छ। कांग्रेस आफ्नो हैसियतमा छैन।

बीपी, गणेशमान, किसुनजीहरुले बनाएको कांग्रेस छैन आज शेरबहादुरको पालामा। यो कांग्रेस त स्वाभिमान गुमेको, इच्छाशक्ति नभएको र आज यत्रा तमाम समस्यामा रमिते बनेर बस्ने कांग्रेस हो यो। रमिते बनेको छ यो कांग्रेस। ऊसँग अधिकार थियो, ७६(३)को सरकार बनाउने, ७६(२) मा पनि उसको अग्रसरता हुनुपर्थ्यो नि पहिलो पार्टी हुनुका नाताले। कहाँ डुल्दैथ्यो कांग्रेस त्यतिबेला ? ’ सचिव भट्टराईले देशमा तमाम समस्याहरू भए पनि नेपाली कांग्रेस रमिते बनेर बसिरहेको बताए।

Previous Post

कोरोनाबाट १ जनाको मृत्यु, १२१ मा संक्रमण

Next Post

पाकिस्तानको राष्ट्रियसभाबाट संविधान रक्षाको प्रस्ताव पारित

सम्बन्धित खबर

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
खेलमैदान

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

२९ साउन २०८३,
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
आर्थिक

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

२९ साउन २०८३,
प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा
समाचार

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

२९ साउन २०८३,
एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?
समाचार

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

२९ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२९ साउन २०८३,
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
फिचर-ब्यानर

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

२९ साउन २०८३,
Load More
Next Post
पाकिस्तानको राष्ट्रियसभाबाट संविधान रक्षाको प्रस्ताव पारित

पाकिस्तानको राष्ट्रियसभाबाट संविधान रक्षाको प्रस्ताव पारित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In