काठमाडौं । रौतहट माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपुर्वा मानपुर टोलमा आइतबार भएको आगलागीमा कम्तिमा २१ वटा घर जलेर नष्ट भएका छन् । आइतबार दिउँसो करिब साढे २ बजेदेखि मा स्थानीय जिउत मुखियाको घरबाट आगलागी सुरु भएको हो ।
सो आगलागिबाट २ वटा बाख्रा र एउटा खसी जली मृत्यु भएको छ। यस्तै आगोको रापले हातमा पोल्दा एक बालिका घाइते भएकी छिन् ।आगलागीमा परेर अन्न, लत्ताकपडा, नगद तथा गरगहना जलेर नष्ट भएको छ।आगलागी लगतै गौर र चन्द्रनिगाहपुरका प्रहरीलाई खबर गरेपनि दम्कल ढिला आएपछि बढी क्षेती हुन पुगेको गुनासो गर्छन भण्डारी ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । आगलागीको सम्पूर्ण विवरण भने आउन बाँकी रहेको जनाइएको छ ।













