तिम्रो नाम के हो भाइ ?
ढोका ।
(हाँस्दै) के हो त्यो ढोका भनेको ? बरु झ्याल, खत्प्वाल राख्नु नि !
ढोलक काजीको सर्ट फर्म, क्या !
तपाईंको नाम चाहिँ के हो नि ?
सुकुटी !
(हाँस्दै) बरु मःम, समोसा, छोइला राख्नु नि ! के हो यो सुकुटी भनेको ?
सुरेन्द्र कुमार थापा क्या !
नुन लेखिएको साथी
ग्राहकः के गर्नुभएको दाइले ? चिनी दिनु भनेको त नुन पो दिँदै हुनुुहुन्छ ?
पसलेः हेन हैन, तपाईं कुरा बुझ्नुहुन्न क्या !
कमिलाले साह्रै दुःख दियो त्यसैले झुक्याउन नुनको बोरामा चिनी र चिनीको बोरामा नुन लेखिदिएको साथी !
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













