• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै

by
२४ चैत्र २०७९,
0
डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ । काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनाभित्र पहिलो स्वस्थ सहरको मान्यता दिई सदस्यता प्रदान गर्ने जनाइएको छ ।

दिगो विकास लक्ष्यका चार लक्ष्यअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका आठ देशमा धुलिखेलको अनुकरण भइरहेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले जानकारी दिए ।

“डब्लुएचओले करिब एक महिनाभित्र सूचीकृत गरी नेपालको पहिलो स्वस्थ सहरको सदस्यता प्रदान गर्ने तयारी गरेको जानकारी आएको छ”, उनले भने । प्रमुख ब्याञ्जूका अनुसार नगरले स्वस्थ सहरका मान्यता प्राप्त गर्न स्वास्थ्य, पूर्वाधार र गरिबी निवारणको क्षेत्रमा तयारी गरिरहेको छ । भौतिक पूर्वाधारसँगै मानवीय आधारभूत आवश्यकतालाई पनि विस्तार गर्दै लगिएको उनको भनाइ थियो ।

“विश्वका अन्य देशले समेत धुलिखेलको विकासको मोडललाई अनुकरण गरिरहेका छन्, अब हामी रोग नै लाग्न नदिन के गर्ने भन्ने योजनामा केन्द्रित भएका छौँ”, ब्याञ्जूले भने । नगरले हाल रू २३ करोडको लागतमा फोहरमैला व्यवस्थापनको काम गरिरहेको छ भने बनेपाको फोहर काठमाडौँ पुर्‍याउन नपर्ने तथा पनौती नगरको फोहर सङ्कलन गरी धुलिखेलमै व्यवस्थापन गर्ने गरी योजना अघि सारेको छ । सङ्कलन गरिएको फोहरबाट ग्यास, मल बनाइने उनले बताए ।

केही समयमा नै सहरी क्षेत्रका घरबाट निस्कने ३१ प्रतिशत फोहरपानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ सुधार गर्ने नगरको लक्ष्य छ । नगरका ८६ प्रतिशत घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको छ भने पोषणयुक्त धुलिखेल नगर निर्माणका लागि युनिसेफसँगको साझेदारीमा काम भइरहेको छ । यहाँका ७२ प्रतिशत स्थानीयलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराइएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए । उनका अनुसार सबै नागरिकलाई उपचारको पहुँच पुर्‍याउने उद्देश्यले नगरभित्रका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी घरदैलो कार्यक्रमका लागि स्वास्थ्यकर्मी खटाउने तयारी भइरहेको छ ।

नगरलाई क्षयरोगमुक्त बनाउने अभियानमा पनि पालिकाले काम गरिरहेको छ भने ‘आरोग्य सहर’ अभियान सञ्चालन गरिएको छ । उक्त अभियानको डब्लुएचओका हेडक्र्वाटर प्रतिनिधि डा टौडिल इस्लाम नेतृत्वको टोलीले यही चैत पहिलो साता अनुगमन गरेको थियो । अनुगमनका क्रममा नगरप्रमुख ब्याञ्जूले स्वास्थ्य नागरिकको पहिलो अधिकार भएको बताउँदै स्वास्थ्यमा सबैको सहज पहुँचका लागि योजना, कार्यक्रम र व्यवस्थापन गरिरहेको टोलीलाई जानकारी गरिएका थिए ।

इस्लामले विश्वमै क्षयरोग महामारीका रूपमा रहेकाले यसको नियन्त्रण र उपचारमा नगरले चालेको अभियानको प्रशंसा गर्दै डब्लुएचओका तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिएका थिए । समयमा नै क्षयरोग पहिचान र परीक्षण हुँदा उपचार गर्न सहज हुने र अन्यत्र फैलन नपाउँदा न्यूनीकरण भई मृत्यु हसनबाट बचाउन सकिने उनले बताए । डब्लुएचओको टोलीले मुलुकका अन्य स्थानीय तहमा पनि क्षयरोगको अवस्थाका बारेमा अवलोकन गरिरहेको छ ।

धुलिखेलले विश्वमा शून्य कार्वन उत्र्सजन गर्ने सहरका रूपमा चिनाउने गरी काम अघि बढाएको छ । जिवाश्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखिएको नगरपालिका कार्यालयले जनाएको छ । यस्तै, नगरले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको समेत योजना बनाएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट० र धुलिखेल नगरपालिकाबीच समझदारी भएको छ । वैज्ञानिक माध्यमबाट नगरलाई दिगो तथा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता भएको नाष्टले जनाएको छ ।

कार्यक्रमले वातावरण प्रदूषण तथा स्वास्थ्य समस्या समाधानका पक्षमा दिगोरूपमा वैज्ञानिक ढङ्गबाट समाधान दिने जनाइएको छ । यस अभियान पूर्ण रूपमा सञ्चालनमा आए नगर सफा–सुन्दर हुने जनाइएको छ । साथै कार्यक्रम लागू भएपछि स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिनाका साथै बेरोजगारी घट्ने नगरप्रमुख ब्याञ्जूको भनाइ थियो । नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पु¥याउने अपेक्षा गरिएको छ । जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत कार्यक्रममा समावेश गरिनेछ ।

सफा र सुन्दर सहर बनाउनका लागि उक्त कार्यक्रमअन्तर्गत युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगोरूपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायत काम हुने जनाइएकोे छ ।

नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत वर्ष नोभेम्बर पहिलो साता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२६०मा चर्चाको विषय बनेको थियो । खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीय सबैका घरबाट निस्केको फोहरपानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ । नगर क्षेत्रभित्र हाल कोइला प्रयोगलाई पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।

Previous Post

इजरायल–प्यालेस्टाइनबीच चर्कियो द्वन्द्वः गाजामा इजरायलको हवाइ आक्रमण

Next Post

नेपाललाई ५०औँ अर्ब नोक्सान पारिँदैछः नेता कोइराला

सम्बन्धित खबर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु
आवाज

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

१३ चैत्र २०८२,
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
Load More
Next Post
नेपाललाई ५०औँ अर्ब नोक्सान पारिँदैछः नेता कोइराला

नेपाललाई ५०औँ अर्ब नोक्सान पारिँदैछः नेता कोइराला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In