विश्वविजयमा निस्केका सम्राट अलेक्जेण्डरले एक पटक यस्तो नगरमा धावा बोले जहाँ निहत्था स्त्री बाहेक अरु कोही थिएनन् । अलेक्जेण्डर बडो सोचमा परे यी निहत्था स्त्रीसँग कसरी युद्ध गर्ने ?
सोच्दा सोच्दै खाना खाने समय भयो । उनलाई धेरै भोक लागिरहेको थियो । उनले भने, मलाई भोक लागेको छ, केही खान दिनुस् । केही स्त्रीले कपडाले छोपिएको थाल उनको अगाडि राखिदिए । अलेक्जेण्डरले कपडा उठाएर हेर्दा स्वर्ण नै स्वर्ण थियो ।
भोकले व्याकुल अलेक्जेण्डरले भने, यो सुन कसरी खान सकिन्छ ? मलाई त केही खाना चाहियो । तब एउटी महिलाले जवाफ दिइन्, यो सुन खान नसक्ने र सिर्फ खाना खाने भए तिमी किन अरुको खाना खोस्नको लागि हिँडेको ?
अलेक्जेण्डर तुरुन्तै त्यहाँबाट फर्किए । उनले त्यो नगरको द्वारमा एउटा शिलालेख पनि लेखाए— अज्ञानी अलेक्जेण्डरलाई यो नगरका महान् नारीले धेरै राम्रो पाठ सिकाए ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













