प्याजमा सबै करिब लसुनकै गुण हुन्छ । यो कफकारक र बल वीर्यवद्र्धक हो । नीद र पिसाब लगाउन राम्रो मानिन्छ । अधिक सेवनले मूत्रकृच्छ, पिसाबमा रगत आउने पनि हुन्छ भने हृदयरोग पनि मानिन्छ । सर्दी शरीरको व्यक्तिले कम खानुपर्दछ । यो सर्वगुण सम्पन्न तरकारी हो । गर्मीमा धेरै फाइदाजनक छ ।
प्याजमा धेरै प्रकारका फरक फरक वनस्पतिमा पाउन सकिने रसायन पाउन सकिन्छ । यी वनस्पतिले हाम्रो शरीरमा लाग्ने रोगहरुसँग लड्न मद्दत गर्दछन् । प्याजको सेवन बढी गर्ने क्षेत्रका मानिसहरुलाई पेटको क्यान्सर कम हुने गरेको पाइएको छ । यसले मानिसको कम्युनसिस्टमको कोषलार्ई बल प्रदान गर्दछ र यी कोषहरु सबै क्यान्सर रोग उत्पादन गर्ने तत्वहरुलाई निश्क्रिय अवस्थामा राख्न तयार भैरहन्छन् ।
प्याज काँचै खानु ज्यादै फलदायी र राम्रो मानिन्छ । प्याजलाई पकाएर तकारीको रुपमा खाँदा पनि यसको सबै गुण खेर जाँदैन तर ज्युँदो खानु धेरै राम्रो हुन्छ ।
साभारः ‘दीर्घजीवन’ पुस्तकबाट













