ब्रिटिस मेडिकल एसोसियसनद्वारा प्रकाशित एक प्रतिवेदन अनुसार शाकाहारीहरुको आयु मांसाहारीहरुको तुलनामा निकै बढी हुन्छ र उसको मुटुको स्वास्थ्य पनि उत्तम रहन्छ । उक्त प्रतिवेदनमा उल्लेख भएको अमेरिकन डाइटेटिक एसोसिएसनको भनाइअनुसार माछामासु नखाने मानिसमा हृदय रोगबाट मर्ने खतरा मांसाहारीको तुलनामा २८ प्रतिशतले कम हुन्छ भने क्यान्सरजन्य रोगले मृत्यु हुने खतरा पनि ३९ प्रतिशतले घट्दछ ।
हृदय रोगका कारण मृत्यु हुनेहरुमा केवल १४ प्रतिशत व्यक्तिहरु शाकाहारी हुन्छन्, बाँकी सबै मांसाहारी ।
शाकाहारी मानिसलाई मुटुजन्य रोगको खतरा मांसाहारीको तुलनामा २० वर्ष ढिलो हुन्छ । तसर्थ, शाकाहारी व्यक्तिहरु बढी स्वस्थकर र चुस्तदुरुस्त जीवन बाँच्न सक्दछन् ।
एक औसत शाकाहारी व्यक्तिलाई मुटुरोगबाट मृत्यु हुने खतरा केवल ५ प्रतिशत मात्र रहन्छ भने पूर्णतः शुद्ध शाकाहारी व्यक्तिमा यो खतरा केवल ४ प्रतिशत रहन्छ । जबकि माछामासु सेवन गर्ने औसत व्यक्तिमा यो रोगबाट मृत्यु हुने खतरा ५० प्रतिशत रहन्छ ।
उपरोक्त संवेदनशीलताका कारण यदि तपाईंले आफ्नो खानाबाट माछा, मासु, अण्डा तथा दूध (बजारे तयारी) को सेवनलाई आधा अर्थात् ५० प्रतिशत घटाइदिनुभयो भने मुटुरोगको खतरा पनि तुरुन्तै ४५ प्रतिशतमा झर्दछ ।
यदि तपाईंले मुटुरोग हुने डरले माछा, मासु, अण्डा तथा दूध (बजारे तयारी) को सेवनलाई १०० प्रतिशतले घटाउने कोसिस गर्नुभयो भने हृदयरोग नहुने सम्भावना पन ह्वात्तै घटेर ९० प्रतिशतमा पुग्दछ ।
एउटा त हो नि भनेर यदि दिनमा एउटा अण्डा खाने गर्नुभयो भने तपाईंको रगतमा कोलेस्ट्रोलको मात्रा १२ प्रतिशतले बढ्छ भने हृदयघात हुने खतरा पनि २४ प्रतिशतले माथि जान्छ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













