त्यो वेलामा विन्स्टन चर्चिल राजनीतिमा धेरै छाएका थिए । उनी इङ्ग्ल्याण्डका प्रधानमन्त्री बनिसकेका थिएनन् त चर्चित नेता थिए । पत्रिकाको हेडलाइनमा उनको भाषण छापिन थालेको थियो ।
त्यो वेलामा एक पटक उनी कतै भाषण दिने सिलसिलामा रेलबाट यात्रा गरिरहेका थिए । केही क्षणपछि टिकट निरीक्षक यात्रीको टिकट जाँच गर्नको लागि डब्बामा आयो । उसले बरु यात्रीलाई जसरी चर्चिलसँग पनि टिकट देखाउने आग्रह ग-यो ।
विन्स्टन चर्चिलले गोजीमा हात हाले तर टिकट भेटेनन् । उनी चिन्तित भएर आफ्ना सबै गोजी र ल्याएको सामानमा खोज्न थाले । टिकट निरीक्षकले उनलाई चिनिसकेको थियो । उसले मुस्कुराएर नम्रतापूर्वक भन्यो, भइगयो छोडिदिनुस्, चर्चिल महोदय मलाई थाहा छ तपाईंले टिकट अवश्य किन्नुभयो होला, तर कतै राखेर बिर्सनु भयो होला ।
टिकट निरीक्षकको कुरा सुनेर चर्चिल एकक्षण रिसाए र फेरि गम्भीर स्वरमा भने, टिकट निरीक्षकले माग्दा टिकट देखाउनु हरेक यात्रीको कर्तव्य हो । यसमा कुनै प्रकारको बहाना बनाउनु सही हैन । यति भनेर उनी फेरि टिकट खोज्नमा लागे ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













