हाम्रो जीवनमा तनावको क्षणहरु यदाकदा आउने गर्दछन् । पढाइको तनाव, परिवारको तनाव, व्यापारको तनाव, साथीभाइको तनाव, कामको तनाव । यहाँले पनि यस्तै तनाव झोलिरहनु भएको त छैन ? तनाव भौतिक अथवा मानसिक कारणले हुने गर्दछ जस्तोः ठूलो आवाज, अर्काे प्रकाशमा बस्नु, साह्रौ तातो अथवा चिसो हुनु, एक्स रे तथा अन्य रेडियसन, अन्य औषधीहरु, ब्याक्टेरिया अथवा रसायनहरुको विषाक्त प्रभाव पर्नु आदि ।
तनाव हुनबाट बचन र तनावबाट छुटकारा पाउन भोजनको महत्वपूर्ण भूमिका रहन्छ ।
भिटामिन बी युक्त भोजन सेवन गर्नु लाभदायक मानिन्छ ।
भिटामिन बीका स्रोतहरु ः दुध, कलेजो, अण्डा, माछा, मासु, हरियो सागपात, अन्न, बदाम, सूर्यमुखीको बियाँ, फर्सीको बियाँ, केरा, बन्दा, गहुँको चोकर आदि ।
तनावको बेलामा प्रोटिन बढी खपत हुने हुनाले दिनमा ३–४ पल्ट प्रोटिनयुक्त भोजन सेवन गर्नुपर्दछ ।
मौसमअनुसारका फलफूल र तरकारीहरु प्रशस्त खानुपर्दछ ।
क्याल्सियम, पोटासियम, म्याग्नेसियमयुक्त भोजनको सेवन पनि तनावमा फाइदाजनक मानिन्छ ।
चिया, कफी, रक्सी, चुरोट आदिको सेवनले तनाव बढाउने हुँदा यसको सेवन बन्द गर्नुपर्दछ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट













