पोखरा, २० चैत । यही चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजक विष्णुपादुका क्लवले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी करिव ७० प्रतिशत पुरा भएको जनाएको हो ।
क्लवअध्यक्ष सुविन श्रेष्ठले हाल स्टल तथा वाल उद्यान व्यवस्थापन,आलु गे्रडिङ गरी संकलनगर्ने लगायतका कार्य घमाधम भइरहेको बताए । प्रत्येक वर्ष गरिने आलु महोत्सक कोरोकाका कारण तीन वर्ष रोखिएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै क्लवका महासचिव बसन्तकुमार श्रेष्ठले महोत्सव हेमजाको ब्रान्डिङ भएको उल्लेख गर्दै यसले समग्र कास्कीलाई नै चिनाएको स्पष्ट पारे। महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहतप्रदर्शन,आलुको पहाड निर्माण,आलुका विभिन्न परिकारहरु प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्ध ीविविध सांस्कृतिक कार्यक्रम, कृष् िाझाँकी प्रदर्शनी,विभिन्न कृषिउपज,विउ विजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने भएको छ ।
महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने,प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लव भवन, तरकारी संङकलन तथ ाबिक्र ीवितरण केन्द्र निर्माण गर्ने लगायतका उद्देश्य पनि राखिएको छ ।
पत्रकार सम्मेलनमा धारणा राख्दै पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले महोत्सवसँगै हेमजाको आलुको प्रवद्र्धन हुने विश्वास व्यक्तगर्दै हेमजामा बढी मात्राम ालगाउने गरिएकोएम्एस ४२जातको निलो आलुहाल सूचिकरण भइसकेको जानकारी दिए ।उनलेसमग्रमा कृषि पेशा प्रति विकर्षण बढ्दै जानुदु:खद् भएको औँल्याउँदै महोत्सवकै अवसर पारेर महाशाखाले कृषक परिचयपत्र वितरण गर्न लागेको पनि बताए ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीनाले गुणस्तरीय मूलबीउ, हावापानीलगायतका कारण उत्पादन घट्ने गरेको तथ्य आगाडि सार्दैहेमजालाई विशेष वीउ उत्पादन पकेट क्षेत्र निर्माण गर्न सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए ।