पार्टीको कुनै कामले गान्धी इलाहावाद आए र पण्डित मोतीलाल नेहरुको निवासस्थान आनन्दभवनमा बसे । बिहान नित्यकर्मबाट निवृत्त भएर गान्धी हात मुख धोएर कुल्ला गरिरहेका थिए । कुल्ला गर्दागर्दै उनीसँग भएको सबै पानी सकियो । यसले गान्धीको मनमा नराम्रो कुरा पस्यो र कुराकानी बीचैमा रोकियो ।
जवाहरलाल नेहरुले जब यसको कारण सोधे तब उनले भने, हेर न म कुराकानीमा यति हराएँ कि सारा पानी सकियो तर मलाई अझै पानी आवश्यक परिरहेको छ । जवाहरलाल उनको कुरा सुनेर हाँस्दै बोले, बस यति सानो कुरा, यहाँ त गंगा र यमुना दुवै बग्छन् । जति चाह्यो त्यति पानीको प्रयोग तपाईं गर्न सक्नुहुन्छ ।
गान्धीले नकारात्मक भावले टाउको हल्लाउँदै भने, गंगा–यमुना मेरो लागि मात्र त बगेको हैन नि ! प्रकृतिमा कुनै चीज जति नै मात्रामा किन उपलब्ध नहोस्, तर मानिसले आफ्नो लागि त्यति मात्र लिनुपर्छ जति उसको लागि अनिवार्य हुन्छ ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट