• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राष्ट्रिय सुरक्षाको विषय संवेदनशील छः प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पूर्ण अंशसहित)

by
१४ चैत्र २०७९,
0
राष्ट्रिय सुरक्षाको विषय संवेदनशील छः प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पूर्ण अंशसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले विश्व परिवेशमा भइरहेका घटनाहरूको कारण राष्ट्रिय सुरक्षाको मामिलामा भएको क्रमिक विकास र परिवर्तनले राष्ट्रिय सुरक्षामा प्रभाव पारेको बताए ।

प्रचण्डले भने अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा उदीयमान शक्ति राष्ट्रहरू, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासको साथै राष्ट्रिय रूपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरूले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। यो तथ्य नेपालजस्ता मुलुकहरूका लागि झन् बढी महत्त्वपूर्ण हुने गर्दछ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण अंश

नेपाली सेनाका प्रधानसेनापति,

विभिन्न मन्त्रालयका सचिवज्यूहरु

सुरक्षा निकायका प्रमुखहरु,

रथीवृन्दहरु,

तालिममा सहभागी नेपाल सरकार तथा अन्य निकायका वरिष्ठ अधिकृत वर्ग,

उपस्थित आदरणीय महानुभावहरु

हार्दिक अभिवादन ।

नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकायका वरिष्ठ अधिकारीहरु सम्मिलित राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा केन्द्रित सि।सं।८ राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहको शुभ अवसरमा आफ्नो समापन मन्तव्य राख्न पाउँदा मलाई ज्यादै खुशी लागेको छ। सर्वप्रथम म यस महत्त्वपूर्ण तालिम सफलतापूर्वक सम्पन्न गर्नुहुने सम्पूर्ण सहभागीहरुलाई हार्दिक बधाइ ज्ञापन यहाँहरुको व्यवसायिक जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु।

उपस्थित महानुभावहरु

नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेको छ। विश्व परिवेशमा भइरहेका घटनाहरूको कारण राष्ट्रिय सुरक्षाको मामिलामा भएको क्रमिक विकास र परिवर्तन, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा उदीयमान शक्ति राष्ट्रहरू, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासको साथै राष्ट्रिय रूपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरूले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। यो तथ्य नेपालजस्ता मुलुकहरूका लागि झन् बढी महत्त्वपूर्ण हुने गर्दछ।

प्रत्येक राष्ट्रले आ९आफ्नो मूल्य९मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रयासरत रहने गर्दछ। राष्ट्रिय सुरक्षा भनेकै राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिक लगायत अन्य सबै पक्षको समग्र सुरक्षा हो । यसको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाई बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिपेक्ष्यमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्ष लगायतलाई पनि सम्वोधन गर्नु उत्तिकै आवश्यक पर्दछ। त्यसका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकसित तुल्याउनुपर्दछ।

नेपालको संविधानले निर्देशित गरेको नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण राख्दै बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव सहिष्णुता र ऐक्यवद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्ने आवश्यकता छ । सोही अनुसार ‘राष्ट्रिय सुरक्षा नीति(२०७३’ लाई परिवर्तित समयको मागअनुसार समसामयिक परिमार्जन गरी ‘राष्ट्रिय सुरक्षा नीति(२०७५’

कार्यान्वयनमा ल्याइसकिएको छ। यसबाट नेपालका सबै सुरक्षा निकायलाई सवल, सक्षम, सुदृढ, व्यवसायिक बनाउन तथा आन्तरिक एवं बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान, विश्लेषण गरी प्रतिरक्षा नीति, आन्तरिक सुरक्षा तथा सार्वजनिक सूचना नीति, परराष्ट्र नीति तथा अर्थ नीति तर्जुमा गरी राष्ट्रिय सुरक्षा सुदृढ बनाउन टेवा पुग्नेछ।

उपस्थित महानुभावहरु

वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ। देशको भू-राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिष्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रूपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौतीहरु आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ।

यसको प्रतिवाद एवं समाधानका लागि राष्ट्रिय शक्तिका मुख्य तत्वहरु राजनीतिक, अर्थतन्त्र, कुटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गरी त्यस्ता चुनौतीहरुको डटेर सामना गर्न हामी सक्षम छौं भन्ने मैले विश्वास लिएको छु। यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने पनि म विश्वास दिलाउँछु।

तसर्थ, परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी हुन्छ। हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहु९आयामिक पक्षहरु र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनुपर्दछ। त्यसैले तपाईहरुलाई परम्परागत एवं विकसित सुरक्षा खतराका नयाँ आयामहरुको थप गहिरो अध्ययन र विश्लेषण गरी आवश्यक पहलकदमीका लागि पनि म विशेष अनुरोध गर्दछु।

तालिमको समयमा तपाईहरुमाँझ आफ्नो कार्यक्षेत्रमा प्राप्त ज्ञान र अनुभवको साटासाट, राष्ट्रिय सुरक्षाका बहु आयामिक पक्षसँग सम्बन्धित प्राज्ञहरुबाट ज्ञान प्राप्ति लगायत तपाईहरुको गहन छलफल भएको कुरामा म विश्वस्त छु। यसबाट राष्ट्रिय सुरक्षा सम्बन्धि ज्ञानको दायरा थप फराकिलो भएको र राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर बृहत्तर राष्ट्रिय हितको लागि सम्बन्धित विभिन्न सरकारी निकायहरु तथा गैरसरकारी निकायहरुबिच के कसरी समन्वयकारी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा समेत यथेष्ट जानकारी भएको विश्वास मैले लिएको छु। यो तपाईहरुको व्यक्तिगत एवं व्यवसायिक जीवनका लागिसमेत ठूलो पुँजी हो।

अन्त्यमा, तालिममा सरिक सम्पूर्ण सहभागीहरुलाई नेपाल सरकारको तर्फबाटहार्दिक बधाइका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दै राष्ट्रिय सुरक्षाजस्तो अति महत्त्वपूर्ण विषयमा उच्चस्तरको तालिम सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने रक्षा मन्त्रालय, नेपाली सेना एवंसैनिक कमाण्ड तथा स्टाफ कलेज लगायत सबैलाई हार्दिक धन्यवाद दिँदै सिसं ८ राष्ट्रिय सुरक्षा तालिम समापन भएको घोषणा गर्दछु।

धन्यवाद ।

Previous Post

पहिलेको गाउँ, अहिलेको बजार अक्षते

Next Post

अमेरिकामा अर्को मास सुटिङ, तीन स्कूले विद्यार्थीसहित ६ जना मारिए

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
अमेरिकामा अर्को मास सुटिङ, तीन स्कूले विद्यार्थीसहित ६ जना मारिए

अमेरिकामा अर्को मास सुटिङ, तीन स्कूले विद्यार्थीसहित ६ जना मारिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In