उन्नाइसौँ शताब्दीको शुरुमा एउटा युद्धको बेलामा रुसको एउटा इलाकामा अनिकाल प¥यो । टायलस्टाय त्यो वेलामा त्यहीँ थिए । सडकमा उनको भेट एक पीडित मानिससँग भयो । टालस्टायले आफ्नो लुगाका सबै गोजीमा केही पाइन्छ कि भनेर खोजे, तर कतैबाट केही निस्केन, किनकि पहिला नै उनले सबै पैसा दान गरिसकेका थिए ।
उनी सोच्न थाले अब के गर्ने ? उनले पीडितलाई आफ्नो अँगालोमा हाले, उनको गाला चुमे र भने, ‘मेरो भाइ, मसँग नरिसाऊ, मसँग तिमीलाई दिनको लागि केही छैन ।
पीडितलाई टाल्सटायको महानताको बारेमा थाहा थियो । आफूलाई टाल्सटायको अँगालोमा पाएर उसको आँखाबाट खुशीका आँसु छचल्किए । मलिन आवाजमा उनले भने, तर तपाईंले मलाई आफ्नो भाइ त मान्नुभयो यो भन्दा ठूलो दान अरु के हुनसक्छ ?
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट











