पार्किन्सन रोग मस्तिष्कसँग सम्बन्धित रोग हो । साधारणतया उमेर ढलेका पाका मान्छेहरुमा यो रोग लाग्ने गर्छ । यो रोग मस्तिष्कको जैवरसायन डोपामाइनको कमी र मस्तिष्क कोषको क्षतिको कारणले लाग्ने गर्छ । दिमागको दीर्घकालीन जीर्ण रोग भएको कारणले यसले बिस्तारै आफ्नो प्रभाव देखाउँछ र ढिलो पत्ता लाग्ने गर्दछ ।
मानसिक तनाव र नकारात्मक सोच ज्यादा हुनु, निद्रा लगाउने तथा डिप्रेशनको औषधिको दुष्प्रभाव पर्नु, लामो समयसम्म भिटामिन ई को कमी हुनु, ज्यादा धुम्रपान, तमाखु, र रक्सी सेवन गर्नु, जङ्कफूड, फास्टफुड धेरै खानु, लागुपदार्थ सेवन गर्नु आदि यस रोग लाग्नेका मुख्य कारणहरु हुन् ।
उपचार
भोजनमा सुधार र जीवनशैलीमा परिवर्तन गरी यसको उपचार गर्न सकिन्छ —
– दैनिक भोजनमा सन्तुलित आहार जस्तैः चोकरसहितको अन्न, अंकुरित भोजन, सलाद, फलफूल, तरकारी, काँक्रो, फर्सीको बियाँ, ओखर, देशीबदाम आदि खानुपर्दछ ।
– फलफूलमा स्याउ, नासपाती, मेवा, आरु, अंगुर, सुन्तला, भुइँकटहर र ड्राइफुड खान सकिन्छ ।
– फलफूलको जूस, स्याउ, गोलभेँडा, गाँजर, बन्दा, पालुङ्गो आदिको जूस पिउनु लाभदायक हुन्छ ।
– मौसमअनुसारका तरकारी, हरिया सागपात प्रशस्त खानुपर्दछ ।
– सेतो सलगम यो रोगमा लाभदायक मानिन्छ ।
– भिटामिन ई पाइने खानाहरु हरियो सागपात, चोकरसहितको गहुँ, जौ, अण्डा, काजु, पेश्ता, देशीबदाम, भटमास आदि यो समयमा लाभदायक हुन्छ ।
– बाख्राको दूध यो रोगमा लाभदायक मानिन्छ ।
– ओमेगा–३युक्त खाना ओखर, आलस, जैतुनको तेल लाभदायक हुन्छ ।
– लामो–लामो सास फेर्ने स्वच्छ हावामा हिँड्ने ।
– दैनिक तातो पानीले नुहाउने ।
– ४–५ दिन कागती पनी, नरिवल पानी, फलफूल तथा साग सब्जीको रस मात्र खाने ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट