प्लेन उडिरहेको वेलामा इन्जिनमा गडबडी भयो । आगो लाग्न थाल्यो । ककपिटबाट पाइलट निस्कियो र सबै प्यासेन्जरलाई सान्त्वना दिँदै भन्यो— तपाईंहरु चिन्ता नगर्नुस्, म तुरुन्त मद्दत लिएर आउँछु ।
त्यसपछि उसले प्यारासुट लगायो अनि जहाजबाट हामफाल्यो ।
उम्लिएको थियो
पत्नी पतिसँगः मैले तिमीलाई भनेको थिएँ कि दूध उम्लने समयको ध्यान दिनु राख्नु— फेरि पनि तिमीले कुनै ध्यान दिएनौ ।
श्रीमान्ः मैले ध्यान दिएको थिएँ— दूध ठीक सात बजेर तीन मिनेटमा उम्लिएको थियो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट