आचार्य रजनीश (ओशो)का केही अमर वाणीहरु
१) जीवन एउटा रहस्य हो जो बाँच्न सकिन्छ, बाँचेर चिन्न सकिन्छ । तर गणितका हिसाब झैँ त्यसको समाधान गर्न सकिन्न । त्यो त हिसाब हैन, चुनौती हो, एक अभियान हो ।
२) तिमी सत्तालिप्तका हातमा यति धेरै शक्ति दिँदै छौ कि आफ्ना हातले आफ्नै घाँटीमा पासो हाल्नमा तिनको मद्दत गरिरहेछौ । यो त लोकतन्त्र होइन ।
३) मार्ग निश्चय नै भेटिन्छ तर बनिबनाऊ भेटिन्न । स्वयम् आफ्नो श्रमले बनाउनुपर्दछ र यो मानिसको ठूलो सम्मान हो । यो कुरा कति महत्वपूर्ण छ कि सत्यको प्राप्ति हामीले आफ्नै श्रमबाट गर्दछौँ । ‘श्रवण’ शब्दद्वारा महावीरले यही भन्न चाहेका छन् । श्रमबाट सत्य प्राप्त हुन्छ । यो भिक्षा होइन सिद्धि हो । सत्य अनन्त छ, त्यसलाई पाउन अनन्त प्रतीक्षा र धैर्यको आवश्यकता छ ।
४) प्रेममा डुब्नु नै पर्दछ । जो डुब्छन ती नै उत्रिन्छन् । प्रेममा, प्रार्थनामा, प्रभुमा डुब्नु नै पार तर्नु हो । यस्तो ठान कि डुब्यौ कि त¥यौ ।
५) यो सत्य हो कि जीवनभरी संघर्ष चलिरहन्छ । सबैले आफ्नो लडाइँ लडिरहन्छन् । महत्वपूर्ण कुरा यो छ कि त्यो लडाइँ सत्यका प्रति होस् ।
६) अहङ्कारको मार्ग अति सूक्ष्म छ । ओढिएको विनम्रता त्यसको सूक्ष्मतम गति हो । यस्तो विनम्रताले उसलाई ढाक्नु भन्दा बढी प्रकट गर्दछ । त्यो त त्यस्ता वस्त्र समान हो जसले शरीरलाई ढाक्नुको अपेक्षा प्रदर्शन गर्दछन् ।
७) वस्तुतः न त प्रेमलाई ओढेर घृणालाई मेट्न सकिन्छ न त विनम्रताका वस्त्रले अहङ्कारको नग्नतालाई ढाक्न सकिन्छ । जसरी खरानीमुनी कोइला लुकेका हुन्छन् र अलिकति हावाको झोँकाले तिनलाई प्रकट गरिदिन्छ, त्यसरी नै आरोपित व्यक्तित्वमा यथार्थ छोपिएको हुन्छ । एउटा हलुका चोटले नै त्यो अभिनयलाई तोडेर प्रत्यक्ष गरिदिन्छ । यस्ता परोक्ष रोग प्रत्यक्ष रोग भन्दा बढी भयंकर र घातक हुन्छन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट