एउटा पियक्कड व्यक्ति दिउँसै झुम्म हुँदै सार्वजनिक बसमा चढ्यो । यताउता हेरेर ऊ खाली सिटमा गएर बस्यो । छेउको सिटमा गेरु वस्त्र लगाएका एक विशिष्ट गुरु बसेका थिए । पियक्कडको हालत देखेर ती व्यक्तिले भने, तपाईं जुन बाटो हिँडिरहनुभएको छ, त्यो सिधै नर्कमा जान्छ । किन यस्तो काम गर्नुहुन्छ ?
पियक्कडले चिच्याउँदै भन्यो— ए ड्राइभर ! गाडी रोक । मलाई नर्क जानु छैन ।
जवाफ दिई
नयाँ दुलहीले मुस्कुराउँदै आफ्नो श्रीमानसँग भनी— थाहा छ, मैले १६ दिनसम्म तुलसीको पत्ता मात्र खाएर दिन बिताएकी थिएँ । त्यतिमात्र होइन, दुई वर्ष प्रत्येक मंगलबार व्रत पनि बसेकी थिएँ । त्यति गरेपछि मात्र मैले तपाईंलाई श्रीमान्का रुपमा पाएकी हुँ ।
त्यति नगरेको भए के हुन्थ्यो ? अचम्म मान्दै श्रीमानले सोध्यो । त्यति नगरेको भए तपाईंभन्दा काम नलाग्ने मान्छेलाई मैले लोग्ने भन्नुपथ्र्यो । श्रीमतीले जवाफ दिई ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













