प्रसुतीगृहमा एक महिलाले जुम्ल्याहा बच्चा जन्माइन् । यो देखेर त्यहाँको एक वरिष्ठ डाक्टरले भने— भाइ ! आजभोलि अपराध र असुरक्षाको भावना यति धेरै बढ्यो कि बच्चा पनि एक्लै बाहिर आउन डराउँछन् ।
जवाफ दिइन्
एक महिलाले थानमा आफ्नो घरमा चोरी भएको ३ घण्टापछि रिपोर्ट लेखाइन् । जाँच गरिरहेका अधिकारीले सोधे, तपाईंले आफ्नो घरमा सबै कपडा यताउति छरिएको देखेपछि त्यही वेला प्रहरीलाई किन फोन नगर्नु भएको ?
मलाई के थाहा कि चोरी भयो भनेर । मैले त सोचेँ कि मेरो पतिले आफ्ना सुकिला मोजा खोजेका होलान् भनेर । उदास हुँदै महिलाले जवाफ दिइन् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट