• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा

    नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कसको हातमा पुग्ला प्रहरीको संगठनको नेतृत्व ?

by
१० चैत्र २०७९,
0
कसको हातमा पुग्ला प्रहरीको संगठनको नेतृत्व ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिह्न प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वोच्च पदमा पुग्दैछन्।

नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा पदोन्नति भएका थिए।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन्। त्यसपछि रिक्त हुने आईजीपी पदमा हाल पदोन्नति भएका एआईजीबाटै बढुवा गर्नुपर्ने भएकाले अबको दुई दिनपछि नै पाँच एआईजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्त्वपूर्ण अवसर प्राप्त गर्दै छन्।

काम गर्न सक्ने सक्षम, संगठनलाई कमाण्ड गर्न सक्ने, नेतृत्व दिन सक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आईजीपी बनाउन सक्ने विद्यमान अवस्था रहेको पूर्वप्रहरी अधिकारी बताउँछन्।

‘मापदण्ड हेर्दा व्याख्याअनुसार जसलाई बनाए पनि हुने जस्तो देखिन्छ,’ पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भने, ‘सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउँछ, यो नियमित प्रक्रिया हो जस्तो लाग्छ मलाई।’ पछिल्लो समयमा गृह मन्त्रालयले सरुवा(बढुवामा मापदण्ड नै बनाएर लागू गरेको छ।

सरकारले उपयुक्त व्यक्ति हो भन्ने व्याख्याका आधारमा गरेर पाँचमध्ये एकलाई आईजीपी बनाउन सक्ने देखिएको प्रहरी अधिकृतहरू बताउँछन्। सरकारले सिंहलाई गएको वैशाख १८ गते महानिरीक्षक पदमा पदोन्नति गरेको थियो।

प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने, नेतृत्व दिन सक्ने र आफूमुनिकालाई प्रोत्साहन गर्न सक्ने व्यक्तिलाई आईजीपी बनाउन सक्ने उल्लेख छ।

यही चैत १० मा प्रहरी महानिरीक्षक ९आईजीपी० धीरजप्रताप सिंह अवकाश हुँदा उनीसँगै तीन एआईजी पनि अनिवार्य अवकाशमा जाँदै छन्। सिंहकै ब्याची एआईजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानेछन्।

हाल बढुवा भएका एआईजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआईजीको पद पुनः रिक्त हुन्छ।

हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआईजीमा डीआईजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने प्रहरी उच्च स्रोतको दाबी छ।

चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्यावधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा वि.सं. २०८१ चैतसम्मको रहनेछ।

यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्को आलोचनासमेत हुने गरेको थियो। पूर्वप्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउँछन्। गृह मन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषदको बैठकले सोमबार पदोन्नति भएका एआईजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ।

एआईजीमा पदोन्नति भएकी किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलोपटक प्रहरीको सर्वोच्च ९महानिरीक्षक० पदको प्रतिस्पर्धी बन्ने महिला बनेकी छन्। यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिइनन्।

बज्राचार्यसँगै डीआईजीमा बढुवा भएका मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआईजी बढुवामा नै पछि परेकाले उनले महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रूपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेकी हुन्। (नारायण ढुंगानाररासस

Previous Post

नेपालमा आगलागीका घटनामा परी १० वर्षमा सात सय बढीको मृत्यु

Next Post

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

सम्बन्धित खबर

अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
फिचर-ब्यानर

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

२८ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग
समाचार

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

२८ फाल्गुन २०८२,
रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?
फिचर-ब्यानर

रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

२८ फाल्गुन २०८२,
काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

२८ फाल्गुन २०८२,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In