• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा आगलागीका घटनामा परी १० वर्षमा सात सय बढीको मृत्यु

by
१० चैत्र २०७९,
0
नेपालमा आगलागीका घटनामा परी १० वर्षमा सात सय बढीको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै त्यसबाट हुने जनधनको क्षति पनि वृद्धि हुँदै गएको देखिएको छ।

आगलागीबाट विसं २०७० वैशाखदेखि २०७९ चैत ७ गतेसम्म भएका १८ हजार सात सय ९१ घटनामा सात सय ६९ जनाको ज्यान गएको छ भने दुई हजार पाँच सय ६८ घाइते भएका तथ्यांक छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार उक्त अवधिमा २२ अर्ब २३ करोडभन्दा बढीको आर्थिक क्षति भएको छ।

डढेलोबाट काठपात, जंगली जनावर, जडिबुटीसहित ठूलो पर्यावरणीय क्षति हुने गरेको छ। यसै अवधिमा चट्याङका दुई हजार दुई सय ८० घटना हुँदा नौ सय एक जनाको मृत्यु भएको छ भने दुई हजार पाँच सय ४५ घाइते भएका छन्। साथै दुई हजार आठ सय तीन चौपायाको पनि क्षति भएको तथ्यांकमा उल्लेख छ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विगत १० वर्षमा आगलागीका घटना तेब्बरले वृद्धि भएको जानकारी गराउँदै त्यसको न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी सञ्चार, तहगत प्रशिक्षणसहितका पहल गरिरहेको बताए।

प्राधिकरणले आगलागी, वन डढेलो, चट्याङलगायत सबै प्रकारका विपद् जोखिमको जानकारी प्राप्त गरी सोहीअनुसार न्यूनीकरण तथा व्यवस्थापनका कार्य सञ्चालन गर्न सबै जानकारी एउटै पोर्टलमा व्यवस्थित गर्ने प्रणाली सुरु गरेको छ।

आगलागी तथा वन डढेलो नियन्त्रणमा खटिने अग्नि–नियन्त्रण दस्ता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन उपभोक्ता समूह र नेपाल सरकारका वन प्राविधिकहरुका लागि उपयुक्त हुने तालिम सामग्रीको विकास गरी इ–लर्निङ पाठ्यक्रमको डिजाइन भइरहेको उनले जानकारी दिए।

प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा वन डढेलो तथा आगलागीका घटना झन् विकराल हुनसक्ने भएकाले यसतर्फ राज्यका सम्बन्धित सबै निकाय र उपभोक्ता पनि सचेत हुनुपर्ने बताए।

प्राधिकरणले आगलागी तथा वन डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री खरिद गरी विभिन्न जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहलाई वितरण गरेको छ। हालसम्म २१ जिल्ला प्रशासन कार्यालयलाई आगलागी नियन्त्रणका लागि बोकेर लैजान मिल्ने पम्पसहित आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरणहरुको ‘सेट’ नै वितरण गरिएको छ।

प्राधिकरणले इलाम, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, सल्यान, सुर्खेत, बाँके, बर्दिया, अछाम, कैलाली, डोटी, डडेल्धुरा र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयमा त्यससम्बन्धी आवश्यक उपकरण वितरण गरिएको जनाएको छ।

वितरण गरिएका उपकरणका सेटमा पम्पका अलवा फायर स्वाटर, फायर ¥याक, फायर एक्स हो, प्राथमिक उपचारका सामान, फायर फाइटिङ जम्प सुट, फायर बुट, हेल्मेट, ब्याक प्याक जम्प, हेड टर्च, बेल्चालगायत छन्। तनहुँका आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, खोटाङको वराहपोखरी गाउँपालिका, रामेछापको मन्थली नगरपालिका र चितवनको रत्ननगर नगरपालिकालाई पनि पम्पसहित आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरणहरुको ‘सेट’ उपलब्ध गराइएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवा र सिन्धुपाल्चोक एवं सप्तरीको तिरहुत गाउँपालिका र ताप्लेजुङका फुङलिङ नगरपालिका एवं मिरङ्देन गाउँपालिकालाई भने बोकेर लैजान मिल्ने पम्प हस्तान्तरण गरिएको छ।

आगलागी तथा वन डढेलोसहित सबै खालका विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा संस्थागत रुपमै स्वयंसेवक परिचालन गर्नका लागि प्राधिकरणले सूचना प्रणाली तयार गरेको छ।

विसं २०७८ माघ १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १२औं बैठकले ‘विपद् व्यवस्थापन स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधि–२०७८’ पारित गरेपछि यस सम्बन्धमा रोकथाम र नियन्त्रणका थप काम सुरु भएको हो।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

कसको हातमा पुग्ला प्रहरीको संगठनको नेतृत्व ?

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
कसको हातमा पुग्ला प्रहरीको संगठनको नेतृत्व ?

कसको हातमा पुग्ला प्रहरीको संगठनको नेतृत्व ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In