– नपिसेको, नदलेको वा सिङ्गो दानायुक्त र बोक्रा नफ्याँकेको दालमा अम्लीय तत्व अति कम पाइन्छ ।
– बिहान पकाउने दाल अघिल्लो दिन बेलुका र बेलुका पकाउने दाल बिहान भिजाएर राख्ने गर्दाले स्वास्थ्य, इन्धन र समयको बचत हुन्छ ।
– भिजाएर टुसा निस्किएको दालमा क्षारीय तत्वको मात्रा बढ्नुका साथै त्यसमा विद्यमान प्रोटिन पनि सुपाच्य हुन्छ ।
– दालवर्गबाट सम्भव भएसम्म पच्न सजिलो हुने दालको चयन गर्नु फाइदाकारी हुन्छ । मुङ, मुसुरी, मस्याम र खेसरी अरु दालको तुलनामा सुपाच्य मानिन्छन् ।
– भिजाएर टुसा निस्कएको अङ्कुरित दाल पच्नलाई केवल २ घण्टा लाग्छ । त्यस्तो दाल पेटमा पुगेर कुनै घातक विषाक्त तत्व उत्पन्न गर्न पाउँदैन, तर नभिजाएको र बोक्रा फ्याँकेर पालिस गरेको दाल पच्नलाई ८–९ घण्टा लाग्छ, जसका कारण पेटमा अम्ल, विष र मलको मात्रा बढ्न गई स्वास्थ्यमाथि हानी पुग्दछ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट











