पिरो अग्नि वद्र्धक हो । त्यसको प्रयोगबाट इन्द्रीयहरुले आआफ्ना काम गर्न थाल्दछन् । ल्केद, मल, लुतोजस्ताका लागि रोगनाशक हो । रक्तकण छुट्याउने र किटाणु नष्ट गर्ने काम गर्छ । मुखमा -याल आउने हुनाले खाएको पचाउँछ र खानामा रुचि बढाउँछ र कफ निरोधक पनि हो ।
यो रस उष्ण वीर्य मानिन्छ । बढी प्रयोग गर्नाले पेट काट्ने, पोल्ने, प्यास लगाउने र मुख र पेटमा जलन गराउने काम गर्छ । भ्रम, मुर्छा आदि बढाउन सक्छ । आँखा र नाकबाट पानी आउँछ । शरीरमा ताप बढाउने, प्यास लाग्ने, बल वीर्य घटाउने काम गर्छ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट











