प्रेमिकाः तिमी बिहेपछि चुरोट पिउन छोड्छौ ?
प्रेमीः किन नछोड्नु अवश्य पन छोड्छु ।
प्रेमिकाः रक्सी र तास नि ?
प्रेमीः त्यो पनि छोड्छु ।
प्रेमिकाः बिहे अघि चाहिँ के के छोड्ने विचार गरेको छौ नि ?
प्रेमीः तिमीलाई ।
डराएको नि !
दुई प्रेमी–प्रेमिका कोठामा बसिरहेको वेला प्रेमीले अकस्मात बत्ती निभायो ।
प्रेमिकाः तिमीले के गरेको यो ? बत्ती बाल, मलाई डर लाग्छ ।
प्रेमीः नडराऊ न प्रिय, म छँदै छु नि !
प्रेमिकाः तिमी भएर त डराएको नि !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट