परमहंस योगानन्दका केही अमर वाणीहरु
१) समाजलाई जति दोष लगाइन्छ, त्यसको उत्तरदायित्व वास्तवमा प्रत्येक व्यक्तिमा हुन्छ ।
२) आफैमा जसले सुधार ल्याउँछ, उसले अन्य हजारौँको पनि सुधार गर्दछ । स्वभावतः अन्तः शुद्धिबाट नै बाह्य शुद्धि उत्पन्न हुन्छ ।
३) रामराज्यको कल्पना पहिले प्रत्येक व्यक्तिको हृदयमा अंकुरित हुनुपर्दछ, जो पछि नागरिक सद्गुणको रुपमा पुष्पित हुन सक्छ ।
४) भगवत्प्रतिको द्वार बन्द छैन । आत्मसंस्मरणका लागि ‘क्रियायोग’ प्रक्रियाको अभ्यास, नैतिक शिक्षाको नियमित पालन र अन्तस्करणबाट ‘हे प्रभु ! म तिम्रो दर्शनका लागि छटपटाइरहेको छु’ भनी पुकार गर्ने क्षमताभन्दा बढी अरु कोही चाहिँदैन ।
५) सत्य कुनै सिद्धान्त होइन, दर्शन कुनै कल्पना होइन न त बौद्धिक अन्तज्र्ञान हो । मनुष्यका लागि आफ्नो वास्तविक प्रकृतिको, आत्माको रुपमा आफ्नो वास्तविक स्वरुपको अविचल ज्ञान नै सत्य हो ।
६) दिव्य वैशिष्टको एक अंशका रुपमा विभूषित सबै मानिस ईश्वरका निम्ति समान रुपमा प्रिय छन् ।
७) सत्यको राज्यमा जति वा राष्ट्रको भेदभाव निरर्थक छ । त्यहाँ त सत्यलाई ग्रहण गर्ने आध्यात्मिक योग्यताको मात्र आवश्यकता छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट











