सासू जस्तो भए पनि तपाईंको सबभन्दा नजिकको मान्छे उनै हुन् । अतः आफ्नी आमा जति खुशी भए पनि तपाईंलाई त्यति राहत हुँदैन जति सासू सन्तुष्ट हुँदा हुने गर्छ । अनि यो पनि याद राख्नुहोस्, तपाईंको जीवनआधार श्रीमानलाई जन्माउने, हुर्काउने यिनै आमा हुन् ।
अतः तपाईंका श्रीमान् यिनीप्रति अत्यन्त ऋणी छन् र त तपाईं पनि । त्यसैले उनको सेवा, सुश्रुषा गर्नु भनेको तपाईंको कर्तव्य मात्र होइन आवश्यकता पनि हो । तपाईंले सासूलाई आमाको रुपमा नहेरेसम्म घरेलु समस्या समाधान गर्न निकै कठिन पर्छ । अतः उनलाई आमाको रुपमा हेर्न सिक्नुस् । यसो गर्दा उनले छोरी गुमाउनुको पीडा हराउँछिन् भने तपाईंले आमा भेट्टाउनुको खुशी पाउनुहुन्छ ।
उसलाई समय दिनुहोस्, सानातिना आवश्यकतालाई हरदम पु¥याउनुस् । आखिर तपाईंले सासूलाई खुशी बनाउँदा तपाईंका श्रीमान् अझ बढ तपाईंप्रति ऋणि हुन्छन् र उनी तपाईंले भनेजस्तो गर्न बढी बाध्य हुन्छन् । जुन तपाईं दुवैको खुसीको कारण बन्छ ।
साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट













