कन्फ्युसियस चीनका ठूला दार्शनिक थिए । चीनका सम्राट पनि उनको धेरै आदर गर्थे । एक दिन सम्राटले उनीसँग भने, कन्फ्युसियस, मलाई त्यो मानिसको भएको ठाउँमा लैजाऊ जो सबैभन्दा महान् छ ।
तब उसले भने, त्यो त तपाईं आफै हुनुहुन्छ, किनकि जसले सत्य थाहा पाउने इच्छा राख्छ ऊ नै महान् हो ।
सम्राटले भने, मभन्दा पनि महान् मानिसको बारेमा भन ?
जवाफ मिल्योः तपाईंभन्दा महान् मानिस म हुँ, किनकि म सत्यलाई प्रेम गर्छु ।
सम्राटले फेरि भने, तर मलाई तिमीभन्दा पनि महान् मानिस चाहियो ।
यसपछि कन्फ्युसियसले भने, ठीक छ, तपाईं मसँग हिँड्नुस् । म तपाईंलाई त्यो मानिसकोमा लिएर जान्छु जो मभन्दा महान् छ ।
दुवै हिँडे । एउटा स्थानमा उनीहरुले एउटा वृद्ध मानिसले कुवा खनिरहेको देखे ।
दार्शनिक कन्फ्युसियसले भने, सम्राट हेर्नुस्, यो व्यक्ति धेरै वृद्ध भइसकेको छ । शरीर पनि धेरै दुर्बल छ र पनि कुवा खनिहेको छ । किन ? परोपकारको लागि । उसको आनन्दको अनुभूति परोपकारमा निहीत छ । जसले तनमन यस्तो आनन्दानुभूतिमा काम गर्छ अब योभन्दा महान् को हुन सक्ला ?
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट