विधि
कान्छीऔँलालाई सीधा पार्नुपर्छ र अन्य औँलाहरुद्वारा मद्रा बनाउनुपर्छ । बूढीऔँलाको टुप्पामा साइलीऔँला र बीचको औँला र फेदमा चोरीऔँलाको टुप्पो राखी यो मुद्रा बनाउन सकिन्छ ।
लाभ
– मुटु एवं वात रोगहरुलाई शरीरबाट हटाई शरीरलाई निरोगी पार्दछ । जसको मुटु कमजोर छ, त्यसले यो मुद्रा दैनिक बिहान कुनै पनि आसनमा बसेर गर्नुपर्दछ ।
– पेटको ग्यास हटाउन यो मुद्रा निकै उपयोगी छ ।
– टाउको दुख्ने, दम र उच्च रक्तचापका रोगीका लागि यो अत्यन्तै लाभकारी छ । दम भएकाहरुले सिँढी चढ्नुभन्दा ५–१० मिनेट पहिले यो मुद्रा गरेर चढ्दा आराम प्राप्त हुन्छ ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट











