प्रत्येक सफल पतिको पछाडि पत्नीको हात हुन्छ । यो परम्परागत भनाइ हो । त्यसैले यो पनि सत्य हो कि हरेक असफल पतिको पछाडि पनि पत्नीकै हात हुन्छ । त्यसैले पतिलाई सफल वा असफल बनाउनुमा महिलाको निकै ठूलो भूमिका रहन्छ । पति सफल भए मात्र पत्नी एवं बालबच्चाको समेत कल्याण हुने हो । असफल पतिका पत्नी दुःखी र परिवार संकटग्रस्त हुन्छ । त्यसैले परिवारको जहाजलाई डुबाउने वा पार लगाउने भन्ने कुरा पत्नीमाथि निर्भर रहन्छ ।
पतिलाई खुसी पारेर सफल बनाउन सकिन्छ । जे जे गर्दा उनी खुसी हुन्छन् त्यसको एउटा सूची तयार पार्नुस्, त्यस्तै जे जे गर्दा उनी दुःखी हुन्छन् ती बूँदाह लेख्नुस् । त्यसपछि कुन–कुन बुँदामा तपाईंले पतिलाई प्रत्यक्ष रुपमा सघाउन सक्नुहुन्छ, त्यसमा चिह्न लगाउँदै जानुस् । नसक्ने बुँदामाथि एकआपसमा संवाद गरी निष्कर्ष निकाल्नुस् । त्यस्तै जुन जुन कुराले श्रीमानको मूड खराब हुन्छ ती कुरालाई नकोट्याउने परिपाटी बसाउनुस् । ठूलो समस्या भए हाँसी हाँसी छलफल गरी टुंगो लगाउनुस् । किनभने तपाईंहरुले खुसीको लागि बिहे गर्नु भएको हो, समस्या समाधानको लागि हैन ?
अर्काे शब्दमा भन्नुपर्दा श्रीमान्को सबभन्दा ठूलो चाहनामा सहयोगी भूमिका निर्वाह गर्नुहोस् र सबभन्दा ठूलो कमजोरीमा नठुँग्ने प्रतिज्ञा गर्नुस् । यसरी श्रीमान्ले राहत महसुस गरेपछि उनी तपाईंको लागि जे गर्न पनि तयार हुन्छन् । तपार्ईंको श्रेय अन्ततः तपाईंले नै पाउनुहुन्छ ।
साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट