पोखरा, २० फागुन । : पोखराको फेवातालमा शनिबार दिउँसो डुंगा पल्ँिटदा एक महिलाको मृत्यु भएको छ । डुंगा दुर्घटनामा परी पोखरा –१ बगर निवासी ६० वर्षीया याम माया गिरीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । डुंगा पल्ँिटएपछि घाइते अवस्थामा उद्धार गरिएकी गिरीलाई उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको भएपनि चकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार विकले शनिबार दिउँसो ४ बजे अचानक हावाहुरी आएका कारण ६ जना सवार डुंगा पल्ँिटएको हो । डुंगामा सवार अन्य ५ जना भने सकुशल रहेका छन् । वाराही मन्दिरको पश्चिमपट्टी डुंगा पल्ँिटदा डुङ्गामुनि परेकी गिरीलाई गम्भीर अवस्थामा सुरक्षाकर्मी र डुंगा व्यवसायीले उद्धार गरेका थिए ।
‘डुंगामा एकै परिवारका ६ जना सवार रहेकोमा अन्य पाँच जना सकुशल हुनुहुन्छ । डुंगाको मुनि पर्नुभएकी याम माया गिरीलाई प्रहरीसहितको टोलीले गम्भीर अवस्थामा उद्धार गरेर हस्पिटल लगेको हो।’ प्रहरी प्रवक्ता विकले भन्नुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी उहाँले दिनुभयो ।













