गो भन्नाले गाई भन्ने बुझिन्छ । यस आसन गर्दा गाईको मुख जस्तो आकृति आउने भएकोले यसलाई गोमुखासन भनिन्छ । यो आसन दायाँ र बायाँ दुवैतर्फ गर्नुपर्छ ।
विधि
– दण्डासनमा बसेर बायाँ खुट्टालाई मोडेर कुर्कुच्चालाई दाहिने नितम्बको नजिक राख्ने अथवा कुर्कुच्चामा पनि बस्न सकिन्छ ।
– दायाँ खुट्टालाई मोडेर बायाँ खुट्टाको माथि यस प्रकार राख्ने कि दुईवटा घुँडा एक अर्कामा स्पर्श गर्ने हुनुपर्छ ।
– दायाँ हातलाई माथि उठाएर ढाडतिर लग्ने तथा बायाँ हातलाई ढाडको तलबाट (पछाडिबाट) ल्याएर दायाँ हातलाई पक्डिने । गर्धन र कम्मर सीधा होस् ।
– एकतर्फबाट लगभग एक मिनेटसम्म गरेर अर्काेतर्फबाट पनि त्यस प्रकार नै गर्ने ।
लाभ
– अण्डकोष र आन्द्राका रोगहरुको अवस्थामा निकै लाभदायक छ ।
– धातुरोग, बहुमूत्र, स्त्रीरोगमा लाभकारी छ ।
– कलेजो, मृगौला र वक्षस्थललाई बल दिन्छ ।
– सन्धिवात गठियावातमा लाभकारी छ ।
नोटः गर्भावस्थाको अन्तिम महिना, जीर्ण रोगिले, कुनै अप्रेशन गरेको एक वर्षसम्म यो आसन गर्नु हुँदैन ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट













