पृथ्वीनारायण शाहका केही अमर वाणीहरुः
१. शताब्दियौँ देखिको प्रगति र सभ्यतालाई युद्धको क्षणिक आगोले कसरी नष्ट ग¥यो भन्ने कुरा थाहा पाएर पनि मानिस आज पशुले झैँ लुछाचँ गरेर कुनै कुरा तय गर्न खोजिन्छ भने त्यो त सरम र आश्चर्यकै विषय हुन्छ ।
२. मानववादी क्लब के चाहन्छ भने मानिस आफूलाई पशुभन्दा उच्चस्तरको प्राणी सम्झन्छ भने उसले आफूलाई अविवेक र आक्रमद्वारा पशुको तहमा पु-याउनु हुँदैन । मानिसले पाशविक शक्तिभन्दा धेरै उत्तम उपायद्वारा विवादको अन्त्य गर्ने तरिका पत्ता लगाउनुपर्छ ।
३. युद्ध कसरी रोक्ने, न्यायद्वारा न्याय कसरी गर्ने ? सद्भावनाद्वारा सद्भावनाको सुरुवात कसरी गर्ने ? यदि कुनै देशले सद्भावनाको प्रदर्शन गर्दा अर्काे छिमेकी देशले बेवास्ता ग¥यो भने सद्भावना प्रदर्शन गर्ने देश कमजोर हुन्छ भनी सोच्नु उचित छैन । शान्तिपूर्ण दृष्टिकोण अपनाउँदा कुनै पनि देशले छिमेकीबाट हेपिनु पर्दैन । पुण्योपकार त घरबाटै सुरु हुन्छ भनेझैँ शान्ति र सद्भावना पनि पहिले आफैले नै सुरु गर्नुपर्छ ।
४. अन्तर्राष्ट्रिय जगत्मा शान्ति भन्ने कुरा एउटा घरको निर्माण जस्तै हो, जसमा जगैदेखि सुरु गरेर इँटा थप्दै जानुपर्दछ । शान्ति पनि माथिबाट लाद्न सकिँदैन । ठूलाबडाले आफ्नो दरबारजस्ता भवनमा बसेर जनतालाई यता हेर्नुहोस्, तपाईंलाई शान्तिमय हुनुपर्दछ भन्न मिल्दैन ।
५. धेरै जसो लडाइँहरु त्रास र शंकाले गर्दा भएका छन्, अरु कुनै कारणले होइन । विभिन्न मुलुकका मानिसहरुमा समझदारी कायम गर्न सकियो भने उनीहरुले शङ्का र त्रास लिनुपर्ने कुनै कारण हुँदैन ।
६. अचेल अन्तर्वर्ग र अन्तर्साम्प्रदायिक झगडाहरु बढी खतरनाक भएका छन् । पूर्वमा अचेल हरेक दिन हड्ताल, बन्द, अन्तस्साम्प्रदायिक झगडा, तनाव र प्रदर्शनहरु भइरहेका छन् । युरोपमा पनि मैले यस्तो कुरामा कमी पाइनँ । वास्तवमा यस्ता कुराहरु पश्चिमबाट पूर्वले आयात गरेको हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट