विधि
बालासन एक महत्वपूर्ण व्यायाम हो । यो मानव शरीरका लागि उपयोगी छ । चौर या विछ्यौनामा पल्टिए खुट्टालाई फार्दै र जोड्दै गर्नुपर्छ । सुरुमा सामान्य ६० सेकेन्डदेखि अन्तिम स्टेजमा तीन मिनेटसम्म गर्न सकिन्छ । यो आसनका बारेमा थुप्रै महत्व रहेको पाइन्छ । जलाई प्रयोगकर्ताले योगसम्बन्धी थप अध्ययन गर्नु र त्यसपछि अभ्यास गर्नु राम्रो हुन्छ । व्यवहारिक जीवनमा प्रयोग गर्नु उपयोगी हुन्छ ।
लाभ
– मस्तिष्कको थकान मेटाउँछ ।
– पिठ्युँ, गर्धन र ढाडको दुखाइ कम गर्छ ।
सावधान
– गर्भवती, झाडापखालाका बिरामी र ठूलो चोटपटक भएकाले गर्नुहुँदैन ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट













