गौतम बुद्धका केही अमर वाणीहरुः
१. कमल, चन्दन वा चमेलीको सुवास वायुको विपरित दिशामा कहिल्यै जाँदैन, तर साधु–सन्तको यश वायुको विपति पनि फैलिन्छ । सत्पुरुष सबै दिशालाई आफ्नो सुवासले पूर्ण पार्दछन् ।
२. मेरो विचारमा अनेक प्रकारका व्यक्तिमा ती श्रेष्ठ छन् जो आफ्नो भलो गर्नुको साथसाथै अर्काको पनि भलो गर्दछन् ।
३. घामले तातेको व्यक्ति पानीमा पसेर सुखको अनुभव गर्दछ, बादलले वृष्टि गर्दा सबैलाई सुख दिन्छ । अँध्यारोमा दियोले सबैतिर देखाउँछ । त्यसैगरी कुनै पनि वायु वा वंश होइन बरु योग नै आदरयोग्य हुन्छ ।
४. सत्पुरुष सबै परिस्थितिमा समान रहन्छन् । सत्पुरुष इच्छाको तृप्तिका लागि कहिल्यै मुख बाउँदैनन् । ती सुखदुःखको अनुभव हुँदैमा ठूलो सानोको भाव प्रदर्शन गर्दैनन् ।
५. त्यो कर्म गर्नु उचित छ जुन गरिसकेर पछुताउनु नपरोस् र जसको फल प्रसन्न चित्तले उपयोग गर्न सकियोस् ।
६. आत्मा र अनात्माको प्रश्न झमेला हो । यसले विक्षिप्त मनलाई अझ बढी विक्षिप्त बनाउँछ ।
७. शुभ कर्म गर । अशुभ कर्ममा सहयोग नगर । कुनै पापकर्म नगर ।
८. व्यक्तिले शुभकर्म बारम्बार गर्नु पर्दछ । त्यसैमा चित्त लगाउनुपर्दछ । शुभ कर्मको सञ्चय सुखदायक हुन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट