१. इन्द्रायणी बीउलाई पानमा मिलाएर खानाले वा गौमुखी फूलको चूर्णलार्ई सख्खरसँग मिलाएर नियमित सेवन गर्नाले वा घिउमा मह मिलाएर खानाले बीर्यशक्ति बढ्दछ ।
२. तित्रीको बीउलाई हल्का कुटी रातभरी पानीमा भिजाई बिहान खाली पेटमा नियमित खानाले वा वरको दानालाई छायामा सुकाएर पिसी १ चम्चा धूलोलाई गाईको दूधमा मिलाई दिनको २÷३ पटक खानाले वा १÷१ भाग बरको कोपिला र गुलरको बोक्रोमा २ भाग सख्खर मिलाई चूर्ण बनाउने र १०–२० ग्राम धुलोलाई दूधमा मिलाएर ३/४ हप्तासम्म सेवन गर्नाले वीर्यशक्ति बढ्दछ ।
३. तुलसीको वीउ कुटेर तयार पारिएको दुई चम्चा धुलोलाई दैनिक पानीमा हालेर खानाले वीर्य गाढा–बाक्लो हुनुका साथै शक्ति प्रदान गर्नमा मद्दत पु-याउँछ ।
४. सम्भव भए यार्सागुम्बाको सानो टुक्रा वा नभए शुद्ध शिलाजितलाई ताजा दूधसँग नियमित सेवन गर्नाले वा बोकाको गेडालाई घिउमा भुटेर खाने गरेमा वा माछा खाने गरेमा पनि संभोगशक्ति चौगुणा बढेर आउँछ ।
साभारः ‘मेरो डाक्टर’बाट











