पोखरा, १४ फागुन । कास्की लगायतका जिल्लामा आइतबार दिउँसो असिनापानी परेको छ । दिउँसो एक बजेदेखि पोखरामा पानी परेको हो । मेघ गर्जनसहित परेको असिना पानीले किसानको तरकारीतथा अन्नवालीलाई क्षति पुर्याएको छ । हिउँद महिनाभरी सुख्खा रहेको कास्कीमा चार महिनापछि वर्षा भएको हो ।
अघिल्लो बिहीबार सामान्य वर्षा भएपनि यति ठूलो वर्षा भने भएको थिएन । लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे बाली केही राहत दिएपनि असिनापानीले गोलभेडाँ, फर्सी, काँक्रा, घिरौला, काउली लगायतको वालीको क्षति पुगेको मालेपाटनका कृषि कृष्णप्रसाद शर्माले बताए ।
तनहुँ, पर्वत, म्याग्दी लगायतका जिल्लामा पनि असिना पानी परेको जानकारी हावापानी कार्यालय पोखराले जनाएको छ । किसानको वालीमा पुगेको क्षतिको विवरण भने आइनपुगेको कृषि कार्यालयले जनाएको छ ।













