• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

    प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

    गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपतिको निर्वाचनमा राप्रपा तठस्थ बस्न सक्ने, लिङ्देन फकाउँदै ओली

by
१४ फाल्गुन २०७९,
0
राष्ट्रपतिको निर्वाचनमा राप्रपा तठस्थ बस्न सक्ने, लिङ्देन फकाउँदै ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दुई महिनाअघि सरकारमा सामेल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिन्तामा छैनन् । एमालेलाई माओवादीले राष्ट्रपतिमा समर्थन नगरेको निहुँमा राप्रपा सरकारबाट बाहिरिएको हो भने गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएको झोकमा रास्वपा सरकारबाट ४२ दिनमै बाहिरिएको हो ।

सत्ता गठबन्धनबनबाट बाहिरिएको राप्रपाभित्र असन्तुष्टि भुसको आगोझैँ बढ्दैछ । सरकारमा जाने वा नजाने भन्नेमै विवादित राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति अहिले राष्ट्रपति चुनावमा भाग लिने कि नलिने भन्नेमा विभाजित छ । त्यही विवादका कारण फागुन १२ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको चुनावमा समर्थक र प्रस्ताव नबस्ने निर्णय गरेको थियो ।

यसअघि एमाले अध्यक्ष केपी ओलीसँग ट्युनिङ मिल्ने ठानिएका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले उम्मेदवारको समर्थक वा प्रस्तावक बस्न सक्ने अनुमान गरिएको थियो । राप्रपाभित्र राष्ट्रपति चुनावको पक्षमा उभिन नहुने मत पनि रहेको छ । यो मतका पक्षधर राजावादी पार्टीले राष्ट्रपतिमा मतदान गर्न नहुने धारणा राखिरहेका छन् ।

पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, जगत गौचनलगायतका दर्जन नेताहरू राष्ट्रपतिको चुनावमा भाग लिन नहुने पक्षमा छन् । महामन्त्री धवलशमशेर राणा पनि राष्ट्रपतिमा मतदान गर्न नहुने पक्षमा छन् । प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि औपचारिक रूपमै राष्ट्रपतिमा मतदान गर्न नहुने बताइरहेका छन् । पार्टीभित्र बढ्दो असन्तुष्टिका कारण फागुन १८ गते केन्द्रीय समिति बैठक बस्ने तयारी छ । केन्द्रीय समितिबाट धारणा बनाएर राष्ट्रपति चुनावमा भाग लिने वा नलिने निर्णय लिने बताइएको छ ।

राप्रपाका मन्त्रीहरूले प्रतिनिधिसभा बैठक र मिडियामा खुला रूपमा राजतन्त्र स्थापना र संघीयताको विरोधमा बोल्न थालेदेखि नै प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिए । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसदहरूले राप्रपाका मन्त्रीहरूले संघीयताको विरोध र राजतन्त्र स्थापना गर्न खुलेयाम बोलेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेपछि प्रचण्डले स्पष्टीकरण सोध्ने र कारबाही गर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्रीको सो चेतावनीपछि राप्रपा आक्रोशित बनेको थियो । त्यसपछि पनि राप्रपाका सांसद र नेताहरू प्रधानमन्त्रीमाथि खनिरहे ।

स्रोतका अनुसार स्थिति कतिसम्म पुगिसकेको थियो भने प्रधानमन्त्री प्रचण्ड राप्रपाका सबै मन्त्रीलाई बर्खास्त गर्ने मनस्थितिमा पुगेका थिए । राष्ट्रपति निर्वाचनको मुखमै राप्रपाका मन्त्रीहरूलाई निकाल्ने मनस्थितिमा रहेका प्रचण्ड अहिले राप्रपाका चारै मन्त्रीले राजीनामा दिएपछि खुसी भएका छन् । राप्रपाको यो निर्णयलाई प्रचण्डले खुला ढंगले स्वागत गरेका छन् । विचार नमिलेका पार्टीलाई सरकारमा राखेर हिँड्न नसक्ने निष्कर्षमा प्रचण्ड पुगेको नेताहरू बताउँछन् ।

एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सरकारबाट हटे पनि समर्थन कायमै राख्न दबाब दिइरहेका छन् । एमालेले केन्द्रमा सरकारबाट फिर्ता नहुनुको कारण पनि आफ्ना मुख्यमन्त्रीको कुर्सी जोगाउन रहेको देखिएको छ । त्यसमाथि आफ्नो पार्टीले राष्ट्रपति पदमा उठाएका सुवासचन्द्र नेम्बाङलाई जिताउन भन्दै ओलीले लिङ्देनलाई पत्र पठाएका छन् । उनले पहिलेको गठबन्धनको सहयात्री भन्दै फकाइरहेका छन् ।

Previous Post

लिच्छवीकालीन विहारको अध्ययन सुरु

Next Post

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौंः प्रधानमन्त्री दाहाल

सम्बन्धित खबर

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा
समाचार

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

२६ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२६ फाल्गुन २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

२६ फाल्गुन २०८२,
प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
समाचार

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

२६ फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२६ फाल्गुन २०८२,
गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी
समाचार

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

२६ फाल्गुन २०८२,
Load More
Next Post
भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौंः प्रधानमन्त्री दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In